काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताउनुभएको हो । उहाँले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताउनु भयो । उहाँले निजी कम्पनिहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उहाँले नीजि कम्पनिहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । नीजि कम्पनिहरुलाई हामीले बढी नियन्त्रण गर्दापनि फेरी नीजि कम्पनिमैत्री हामी हुन सक्दैनौँ । तर उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन् । मनपरी उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्शन गर्छु ।’
कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारकाही गरिने चेतावनी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच