विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।
एमालेको समर्थन लिँदै नेपाली कांग्रेसका केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्नुभएको छ ।
कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा दाबी पेश गर्नुभएको हो ।
कांग्रेसका ८ प्रदेशसभा सदस्यहरुले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
जसमा कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गर्नुभएको छ ।
गठबन्धनका अर्का उम्मेदवार माओवादी केन्द्रका इन्द्र आङ्बोले समेत मुख्यमन्त्रीमा दाबी गरेसँग कांग्रेसका ८ जनाको दोहोरो हस्ताक्षर परेको थियो । आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएपछि सशरीर हस्ताक्षर गरिएको हो ।
गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच