गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिसहरु घरवार विहिन भएका छन् ।
गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रमण गरे पछि उत्पन्न बिषम परिस्थितिका कारण लाखौं मानिस घरबार विहिन भएका छन् ।
इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन ।
यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, 'हामी हाम्रो भुमी रक्षाका पक्षमा छौं, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौं।'
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ, अब शत्रुहरुले हाम्रो आक्रमणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच