![जोशीलाई ‘कौसी क्वीन’ उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/pusraskar.jpg)
तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताउनुभयो ।
छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका-१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका-११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका-२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका-२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच