काठमाडाैं । शिक्षामा प्रबिधिको प्रभावकारी प्रयोगका निम्ति स्कूल अफ एजुकेशन, काठमाडौं विश्वविद्यालय (KUSOED) र Digital & Beyond बीच सम्युक्त कक्षा सञ्चालनका लागि सम्झौता भएकाे छ ।
यी दुई संस्थाबीच भएकाे सम्झौता अनुसार अब कुनै पनि संकायका विद्यार्थीले यो कोर्ष “EmpowerED: Transformative Digital Pedagogy Certification” पढ्न पाउनेछन्।
यसै कार्यक्रमलाई मुर्तता दिन Digital & Beyond का CEO सगुन ढुंगाना र School of Education काठमाडौं विश्वविद्यालयका डीन प्रा. डा. बालचन्द्र लुइंटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।
विशेष गरी शिक्षकहरुको Professionalism Development र शिक्षामा प्रबिधिको बढ्दो उपयोगितालाई प्रभाबकारी बनाउन “EmpowerED: Transformative Digital Pedagogy Certification” नामको यस कोर्षले सहयोग गर्ने बताइएकाे छ ।
सम्झौता बमोजिम Digital & Beyond ले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने शिक्षा, सुविधा, सञ्चालन, व्यवस्थापनका लागि तालिम लगायत रिसोर्स उपलब्ध गराउने र पढाउने छ।
Digital & Beyond गुगल फर एडुकेशन नेपाल र दक्षिण एसियाली साझेदार साथै Education Specialized Partner संस्था हो। यस्तै स्कूल अफ एजुकेशन, काठमाडौं विश्वविद्यालयको शिक्षा संकायमा बिगत २६ बर्षदेखि काम गर्दै आएको संस्था हो।
व्यबहारिक शिक्षा आजको प्रविधिको युगमा निकै आवश्यक र प्रभाबकारी हो भन्ने संसारको मागलाई आत्मसाथ गर्दै आफ्ना कामहरुलाई अगाडी बढाई रहेको Digital & Beyond ले सिर्जनात्मक बिषयको अध्ययन गरेको थियो।
'प्रबिधिको प्रयोग शैक्षिक क्षेत्रमा सजिलोसंग गर्न सकिन्छ भनेर कोर्स तयार पारिएको छ। फलस्वरूप काठमाडौँ बिश्वबिद्यालयका साथ मिलेर हामीले शैक्षिक क्षेत्रलाई उक्त कोर्स संयुक्त रुपमा पस्कने अबसर प्राप्त गरेका छौं।' सिइओ ढुंगानाले भन्नुभयो ।
साथै उहाँले Google for Education को Certification लगायत संस्थागत पढाई शुरु गर्ने यो नै नेपालको पहिलो विश्वविद्यालय स्तरिय कोर्ष भएकाे बताउनु भयाे । यसबाट आगामी दिनमा विद्यार्थीहरुले समय सान्दर्भिक पढाईको साथै बिश्वमा अब्बल प्रबिधि सम्बन्धि ज्ञान प्राप्त गर्ने उहाँले विश्वास व्यक्तसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच