काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिमा अलमल भएको छ ।
कोशी प्रदेशसभा सदस्यहरू इन्द्र बहादुर आङ्बो र केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेसँगै मुख्यमन्त्री नियुक्तिमा अलमल भएको हो ।
यसैबीच प्रदेश प्रमुखको कार्यालयले आज साँझ सूचना जारी गर्दै भोलि शनिबार विहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ ।
शनिबार बिहान ८: ०० बजेदेखि दिउँसो २:०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुखको कार्यलयमा समेत पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच