कोरोनाको नयाँ भेरियन्टबारे यस्तो छ सरकारको तयारी

Read Time = 5 mins

काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनु भएको हो । उहाँले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनु भयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनु भयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘अब अहिले बास्तवमा हामी कोभिड–१९ संक्रमणको नै क्रममा छौँ । हामी कम्प्लिट्ली रिकोभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ । त्यसपछि हामीले यसलाई शतर्कता अपनाउनको लागि अब हामीले के गर्ने ? भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन । त्यसको प्रमाणिकता पनि हामीले पाइसकेको छैन । तै पनि शतर्कता अपनाउनु पर्छ संक्रमणको चरणमा छौँ भनेर हामीले अफ्रिकी देशहरुबाट आउने नागरिकहरुलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर हामीले अध्यागमन कार्यालय र २२÷२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ । उसले ल्याउँदा पनि ल्याउँदैन र यहाँ आउनु भयो भने इन्ट्री फ्रिज (प्रवेश नदिने) गर्छौं भनेर भनेको छ । यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीँ डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यस बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ । त्यहाँ पनि हाम्रो तर्फबाट प्रतिनिधि जानुहुन्छ । जे कुरा आउँछ, त्यही अनुसार हामी टेक्निल सल्लाह बमोजिम कार्यान्वयन पक्षमा कडा रुपमा जान्छौँ । यो हामीले यहाँ मात्रै होइन, बोर्डर एरियामा पनि निर्देशन जारी गरिसकेको अवस्था छ । त्यहाँ पनि हेर्नुहोला । त्यो किसिमको मानिस आए, संक्रमण देखिए नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु होला भनेका छौँ ।’

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिएको बताउनु भयो । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?