दाङ । योजना तर्जुमा र विकास व्यवस्थापमा सात वटै प्रदेशबीच सहकार्य गरिने भएको छ ।
लुम्बिनीमा सम्पन्न संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापनसम्बन्धी अन्तरप्रदेश अनुभव आदान–प्रदान गोष्ठीले १५ बुँदे घोषणा–पत्र जारी गर्दै संघीयता कार्यान्वयन र विकास व्यवस्थापनमा सहकार्य गर्ने संकल्प गरेको हो ।
सातै प्रदेशका नीति तथा योजना र योजना आयोगका उपाध्यक्षहरु, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, मधेश र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीलगायत संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीसमेतको सहभागितामा कार्यक्रम गरिएको थियो।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य प्रा. डा. जगतबहादुर सिंह रावल, बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा. डा. नरविक्रम थापा, कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष योगेन्द्र बहादुर शाही, गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटा, लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष डा. नहकुल के. सीले संयुक्तरूपमा घोषणा पत्र जारी गर्दै योजना तर्जुमा र विकास व्यवस्थापमा सात वटै प्रदेशबीच सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच