इजिप्ट र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध बिस्तारबारे छलफल

काठमाडाैं । अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँगको संयुक्त पत्रकार सम्मेलनमा इजिप्टका राष्ट्रपति अब्देल फताह एल-सिसीले ऐतिहासिक सम्बन्धका आधारमा आगामी अवधिमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई देशको चासो झल्काउने गरी भ्रमण महत्वपूर्ण भएको बताउनुभएको छ ।

दुवै पक्षले विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न, आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समन्वय गर्ने र उपलब्ध अवसरको सदुपयोग गरी आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रवद्र्धन गर्न सँगै काम गरिरहने आकांक्षा पुष्टि गरेका छन् ।

विद्युत तथा नवीकरणीय ऊर्जा, अर्थतन्त्र, सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा सम्झौतापत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?