
काठमाडौं । कोशीका नव नियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौं आउनु भएको छ।
प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि कार्की काठमाडौंस्थित कोइराला निवास आउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। शपथ लिनुअघि उहाँ नेताहरू भेट्न काठमाडौं आउनु भएको हो ।
एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभभएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ। तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ।
एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीलाई गठबन्धनले पनि स्वीकार गर्ने भएसँगै यसले राजनीतिमा थप रोचक मोड लिएको छ ।
नेकपा एमालेको समर्थनमा कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुभएको छ ।
थापाले दलको नेताबाट राजीनामा दिनुभएको हो । थापा यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उहाँलाई दुबैपटक बर्खास्त गरेको थियो ।
सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उहाँले आफनो पदबाट राजीनामा दिएको जनाईएको छ ।
प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच