विपद्का कारण ३० वर्षमा बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । पछिल्ला ३० वर्षमा विपद्का कारण बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ ।

शनिवार जारी गरेको नयाँ प्रतिवेदनले यसको पुष्टि गरेको हो । कृषि र खाद्य सुरक्षामा प्रकोपको प्रभाव शीर्षकको नयाँ एफएओ प्रमुख प्रतिवेदनले बाली र पशुधनमा केन्द्रित कृषि उत्पादनमा प्रकोपको प्रभावको पहिलो विश्वव्यापी आँकडा प्रश्तुत गरेको थियो । माछापालन, जलश्रोत तथा वन उपक्षेत्रमा हुने नोक्शानीको व्यवस्थित तथ्यांक उपलब्ध भए यो संख्या अझ बढ्न सक्ने बताइएको छ ।

प्रतिवेदनले कृषिका सबै उपक्षेत्रहरु बाली, पशुपालन, मत्स्यपालन र जलचरबारे प्रकोपको तथ्यांक र सूचना सुधार गर्न आग्रह गरेको छ । सबै तहमा नीति तथा कार्यक्रममा बहु क्षेत्रीय र बहु जोखिम विपद् जोखिम न्युनिकरण दृष्टिकोणको विकास र मुलप्रवाहीकरण, लचिलोपनामा लगानी बढाउन सुझाव दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?