![इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि विश्वकपको फाइनलमा प्रवेश](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/india-cricket-team.jpg)
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था छ ।
कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गर्नुभयो । कार्कीले एमालेबाट रामबहादुर मगर र कांग्रेसमा विद्रोही सदस्य शम्शेर राईलाई मुख्यमन्त्री बनाउनु भयो ।
कार्कीलाई यसअघि सत्ता गठबन्धनले समेत समर्थन गर्ने भएको थियो । तर, मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद बनाउन एमाले र कांग्रेस विद्रोह समूहबाट मात्र एक एक जनालाई मन्त्रीमा नियुक्त गरेसँगै गठबन्धनमा खैलाबैला मच्चिएको छ । जसले मुख्यमन्त्री नियुक्त भएकै दिन शेखर कोइरालासहित गठबन्धनका शीर्ष दुई नेता प्रचण्ड र देउवाबीच भएको सहमतिमा दरार समेत आएको छ ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाउनु भएको छ ।
सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाउनु भएको हो।
विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राख्नुभएको हो ।
कांग्रेसले कोशी प्रदेशमा विकसित भएको राजनीतिक घटनाक्रमलाई अप्रत्याशित र आकस्मिक भनेको छ।
कोशीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति विपरित नेता शेखर समूहबाट केदार कार्की मुख्यमन्त्री बन्नु भएको हो ।
कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोइराला पक्षको उक्त विद्रोहमा महामन्त्री विश्वप्रकाश शर्माले असहमति राख्दै आएपनि अर्का महामन्त्री गगन थापा भने मौन हुनुहुन्छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको हो । कांग्रेस सांसद कार्की एमालेका ३९ र कांग्रेसका ८ गरी कूल ४७ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच