अभिनेत्री मल्लको ‘धिन ताका नाका धिन’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेता श्रेष्ठले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छोरीहरूको रूपमा लिएको बताउनुभयो । दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताउनुभयो । उहाँले अरूका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको अनुभव सुनाउनुभयो । उहाँले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुनाउनुभयो ।

यस्तै, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताउनुभयो । वरिष्ठ अभिनेत्री मिथिला शर्माले गौरी मल्ल लेखेर र भनेर नभई आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको जिकिर गर्नुभयो ।

वरिष्ठ अभिनेत्री मल्लले आफ्नो देशभन्दा ठूलो अरू केही नहुने धारणा राख्नुभयोे । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने उहाँले बताउनुभयो । उहाँले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको सुनाउनुभयो ।

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत कलाकारलाई फिचरिङ गरिएको छ । सन्तोष राजवाहकले निर्देशन गरेको गीतको भिडियो गौरी मल्ल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?