युरो स्कुललाई बृहस्पति एसइई फुटसल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युरो स्कुलले बृहस्पति एसइई खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १-० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो ।

युरोलाई उपाधि जिताउन कृष थापा मगरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैयाँ हात पारेको छ । यस्तै च्याम्पियन टोलीका खेलाडीले बृहस्पति विद्या सदनमा प्लस टु पढ्न चाहेमा शतप्रशित छात्रवृत्ति प्राप्त गर्नेछन् ।

टोलीमा रहेका आठजनालाई एक लाख ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । दोस्रो भएको काष्ठमण्डपले पाँच हजार रुपैयाँ हात पार्‍यो । दोस्रो भएको टोलीले ९० हजार अर्थात ६० प्रतिशत छात्रवृत्ति पाउनेछन् । काष्ठमण्डपकी सहारा बज्राचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले पाँच हजार रुपैयासँगै ट्रफी हात पार्नुभयो । उहाँ प्रतियोगिता खेल्ने एक्लो महिला खेलाडीसमेत हुनुहुन्थ्यो ।

विजयी टोली तथा खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ, आयोजक बृहस्पतिका प्लस टु इन्चार्ज सुरेश काफ्ले, स्टुडेन्ट डेभलपमेन्ट अफिसर मनिष केसीलगायतले पुरस्कृत गर्नुभयो । नकआउटका आधारमा भएको एकदिने प्रतियोगितामा १६ टोली सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?