ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य भएकाे निष्कर्ष

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । विद्रोह उक्साएपछि डोनाल्ड ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन दिन नहुने अमेरिकी क्यापिटलमा गत वर्ष भएको आक्रमणको अनुसन्धान गरिरहेका सांसदहरूले आफ्नो अन्तिम प्रतिवेदनमा निष्कर्ष निकालेका छन् ।

गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि  पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’  लगाएको दाबी गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?