किगाली । अफ्रिकी खाद्य मापदण्डको सामञ्जस्य गर्दै महाद्वीपमा स्वतन्त्र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले रुवान्डाको राजधानी किगालीमा सोमबार आयोजित बैठकमा सहभागी विज्ञहरूले खाद्य सुरक्षाका लागि मापदण्डको सन्तुलनमा जोड दिएका छन् । अफ्रिकाको अन्तरसरकारी मापदण्ड निकाय, मानकीकरणका लागि अफ्रिकी संगठनद्वारा आयोजित बैठक अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनको ढाँचामा केन्द्रित छ ।
रुवान्डा मानक बोर्डका महानिर्देशक रेमन्ड मुरेन्जीले उद्घाटनका क्रममा सबै देशहरू खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएकाले अन्तर-अफ्रिका व्यापारलाई सहज बनाउन आवश्यक मापदण्ड निर्माणमा जोड दिनुभएको छ । आवश्यक मापदण्ड मानकीकरणका लागि अफ्रिकी संगठनका महासचिव हर्मोजेन सेन्गिमानाले सदस्य र साझेदारहरूसँगको सहकार्यमा अन्तरसरकारी मानक निकाय सक्षम भएको दाबी गर्नुभएको छ ।
‘हामी अफ्रिकी मापदण्डहरू विकास गर्न र मिलाउन सराहनीय काम गर्न जारी राख्ने देशहरू र विशेषज्ञहरूको सहयोगप्रति खुशी छौं । यो एउटा राम्रो कदम हो जुन हामीले एक मानक, एक परीक्षण, सबै ठाउँमा एक प्रमाणपत्र–स्वीकार गर्ने महादेशको रूपमा विकास गरेका छौं’, उहाँले भन्नुभयो ।
रुवाण्डाको वाणिज्य तथा उद्योग मन्त्रालयका स्थायी सचिव रिचर्ड निवेनशुटीले मापदण्ड र अन्य आवश्यकता मिलाउन एकसाथ प्रयासमा संलग्न अफ्रिकी देशहरूको प्रशंसा गर्नुभएको छ । उहाँले नमिलेका मापदण्ड मिलाउन जरुरी रहेको बताउनभएको छ ।
फेब्रुवरी १६ सम्म चल्ने एकहप्ता लामो बैठकले २०० वटा मापदण्ड मिलाउने प्रयास गरेको छ । मानकीकरणका लागि अफ्रिकी संगठनलाई अन्तर–अफ्रिका व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मेलमिलापका लागि मापदण्ड र सो अनुरूप मूल्यांकन प्रक्रियाहरू समन्वय गर्न जिम्मेवार बनाइँदै छ ।
उक्त निकायले मत्स्य उत्पादन, दुग्ध उत्पादन, बागवानी, कफी, कोकोआ र चिया, जीवित जनावर, पशुखाना, कृषि तथा जैविक प्रविधिलगायत आठ प्राथमिकताका क्षेत्रहरूमा मापदण्ड मिलाउने कार्यलाई प्राथमिकतामा राखेको छ । रासस÷ सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच