जीवन र विष्णुको जोडी अन्तिम आठमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । आचार्य र कटुवालको जोडीले शनिबार भएको खेलमा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बूको जोडीलाई २१-११, २१-१६ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । अब उक्त जोडीले सेमिफाइनल प्रवेशका लागि एपिएफका देवराज राना र रोशन साउदको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ । देवराज र रोशनको जोडीले त्रिभुवन आर्मीका नरेन्द्र बम र विवेक चौधरीलाई २१-१३, २१-१८ ले पराजित गर्दै क्वाटरफाइनमा जीवन र विष्णुसँगको भेट पक्का गरेको छ ।

अन्तिम आठमा प्रवेश गर्नेक्रममा नेपाली सेनाका टिएसीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका प्रनिशसिंह ठकुरी र सुजन थापाको जोडीलाई २१-१४, २१-१०, पुलिसका सुनिल जोशी र अनिष श्रेष्ठको जोडीले एपिएफका भोजबहादुर गुरुङ र विशाल प्रधानको जोडीलाई २१-१७, २१-१५, कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले बालकुमारी रिमिक्स क्लबका दिप्रिसमुनि बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१-१२, २१-१९, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडीलाई २२-२०, १६-२१, २१-१२ को अन्तरमा पराजित गरेको छ ।

बालकुमारी रिमिक्स क्लबका शसिन डंगोल र सुमित महर्जनको जोडीले आर्मीका हिमाल चन्द र कविर केसीको जोडीलाई २१-१५, १७-२१, २१-१७ र एपिएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडीले पिस फिटनेश क्लबका दशरथ बुढा र अनिल मल्लको जोडीलाई २१-१३, २१-१३ ले पराजित गरेको छ ।

महिला एकलतर्फ आर्मीकी विष्णा विष्ट, शेस्ना सिरपाली र रिहाना शेरचन, नवलपरासीकी प्रिया गौढ र देवी नगरकी एञ्जल लिम्बूले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनुभयो ।

ब्वाइज यू-११ तर्फ सेनाका दीप थिङ, आईबिएससीका प्रशान्त बुढाथोकी, एसबिएका आदित्य थारु, कपिलवस्तुका विराट बस्नेत, आइबिएससीका प्रिन्स थापा मगर, एमवाइसीका आरभ शाक्य, दोलखाका अरनभ श्रेष्ठ, आइबिडिसीका अक्षत ढुंगेल पनि अन्तिम आठमा स्थान बनाउन सफल हुनुभएको छ ।

गल्र्स यू-१३ तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई, दोलखाकी रितिका श्रेष्ठ, आर्मीकी अजिरेन्का शेरचन एवं ब्वाइजतर्फ रिजन मगर, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारी, एपिएफका आरुष भण्डारी, देवी नगरका प्रवल श्रेष्ठ, आर्मीका दीप थिङ, काठमाडौंका सुहम कार्की, सेनाका सुदेश राजकोटी र आइबिडिसीका अक्षत ढुंगेलले पनि अन्तिम आठमा स्थान पक्का गर्नुभयो ।

गल्र्स १५ तर्फ आइबिएससीकी पवित्रा सापकोटा, भक्तपुरकी स्वर्लिन श्रेष्ठ, एमबिबिएफकी निभा राई, कास्कीकी दिल्साना राना, ललितपुरकी टिशा रानी शाक्य, कीर्तिपुरकी सुलोचना थापा र दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्री तथा पुरुषतर्फ आर्मीका रिजन मगर, पिएसएसका प्रनिश खत्री, देवीनगरका रिशव राई, आर्मीका सुविन राई, सेनाका सुविन श्रेष्ठ, बेल्टार ब्याडमिन्टन एकेडेमीका जेनिश मगर, आर्मीका सौर्य महर्जनले पनि अन्तिम आठमा स्थान बनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?