Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

गण्डकीका मन्त्री आचार्य बर्खास्त, मुख्यमन्त्री कार्यालयका प्रवक्ता भन्छन्: थाहा छैन

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाउनु भएको छ ।

तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताउनु भयो । मन्त्री आचार्यको बर्खास्तीबारे प्रदेश प्रमुख कार्यालयमा बुझ्न भन्दै उहाँ पन्छिनुभयो । ‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन,’ उहाँले भन्नुभयो, ‘यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।’

प्रदेश प्रमुख कार्यालयमा पनि बुझौँला, तर मुख्यमन्त्री कार्यालय मन्त्री आचार्यलाई बर्खास्त गरेको हो कि होइन ? तपाईं पनि आधिकारिक हो नि भन्दै प्रश्न गरेपछि प्रवक्ता अर्यालले फोन काटेर जवाफ नदिई पन्छिनुभयाे ।

स्रोतका अनुसार मन्त्री आचार्य बर्खास्त भएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । उहाँ माथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ । उहाँ नेपाल समाजवादी पार्टीका सांसद हुनु हाे । उहाँ आगामी निर्वाचनमा पनि उम्मेदवार हुन चाहनु हुन्थ्याे । तर पार्टीले टिकट नदिएपछि उहाँले बागी उम्मेदवारी दर्ता गरेर पछि फिर्ता लिनुभएकाे थियाे । सोही कारण उहाँ सत्तागठबन्धनसँग रुष्ट हुँदै आउनु भएकाे भन्नेछ ।

 

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?