अल नासर अरब कपको सेमिफाइनलमा

Read Time = 2 mins

साउदी । साउदी क्लब अल नासर अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा मोरक्कोको राजा क्लासबान्कालाई पराजित गर्दै अल नासर सेमिफाइनलमा प्रवेश गरेको हो । अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले १-१ गोल गर्नुभएको हो ।

रोनाल्डोले १९औँ मिनेटमा अल नासरलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ३८औँ मिनेटमा फोफानाले ब्राजिलियन डिफेन्डर एलेक्स टेलेसको क्रसमा हेडरमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

अल नासरले अब सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ । शनिबार भएको क्वाटरफाइनलमा कतारको अल साद इराकको अल शोर्तासँग पराजित भयो । अल सादका अक्रम अफिफले दुई गोल गरे पनि टोली ४-२ ले पराजित भएको थियो ।

शनिबार नै भएको खेलमा अल हिलालले अल इतिहादमाथि ३-१ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अल इतिहादका लागि फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले पेनाल्टी चुकाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?