-राजकुमार कार्की
ओखलढुंगा । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै बितरण गरिरहेको छ । चुनावको समयमा जनतासँग गरेको प्रतिबद्धताअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरेको मेयर तेजेन्द्र खनालले बताउनु भयो ।
बृद्ध बाआमालाई सामान्य भत्ता लिनको लागी समस्या नहोस् र चुनावको बेलामा गरिएको प्रतिबद्धता अनुसार नै वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मेयर खनालले बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता सरकारले बृद्ध–बृद्धाकै नाममा खाता खोलेर जम्मा गर्ने गरेको थियो । खातामा जम्मा भएको रकम बृद्ध आफैँ बैंकमा उपस्थित भएमात्र बैंकले रकम दिने गरेको छ । बैंकमा आएर भत्ता लिँदा अशक्त बृद्धहरुलाई समस्या भएको गुनासाे थियाे ।
१२ वटा वडा रहेको यस नगरपालिकामा सदरमुकाममा रहेका वडा नं ११ र १२ बजार क्षेत्रमै भएको र वडा नं ४ र ५ बाहेक सबै वडामा सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।
आफू जननिर्वाचित भएपछि बृद्ध, असक्त, अपांङ्गको हितको लागी बैंकसँग समन्वय गरेर बैंकका कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थितिमा रकम वितरण गर्ने गरेको मेयर खनालको भनाई छ । यो भन्दा अगाडी बृद्ध–बृद्धा, अपाङ्ग, असक्त सबै जना सदरमुकामस्थित बैंकमा उपस्थित भई भत्ता लिने गरेका थिए । यसरी भत्ता लिन सदरमुकामको बजार आउँदा पाउने पैसा पनि गाडी भाडामा जाने गरेको गुनासो आउने गरेको थियो । अहिले गाउँ–टोलबाटै भत्ता पाउन थालेपछि बृद्ध–बृद्धा, अपाङ्ग, असक्त खुशी भएका छन् ।
आफ्नै ठाउँबाट भत्ता लिन पाएपछि बृद्ध बा‐आमाहरु खुशी भएका छन् । दु:खै नगरी नै गाउँटोलबाट भत्ता लिन पाउँदा धेरै सजिलो र खर्च पनि नभएको बृद्ध बा‐आमाहरुले बताएका छन् । ‘आफुले पाउने भत्ता सदरमुकाम नगई घर नजिकैबाट लिन पाएकोमा हामी ज्यादै खुशी छौँ । सजिलै भत्ता दिने ब्यवस्था मिलाईदिएकोमा मेयर र वडाअध्यक्षलाई धेरै‐धेरै धन्यबाद दिन चाहान्छौँ।’ बृद्ध‐बृद्धाले खुशी ब्यक्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच