बेलबारी (मोरङ) । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन युकेएफसी भारत र सलहेस युवा क्लब सिरहाबीच भएको खेलमा युकेएफसीले हार बेहोर्नुपरेको छ । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिरहाको सहलेसले चार-शून्य गोल अन्तरले पराजित ग¥यो । सहलेसका लागि एकविरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोल्नुभएको थियो । सिरहाकै फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई–शून्य बनाउनुभएको हो ।
विशाल घलानको पासमा सिरहाका फोफोना इभ्राइनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पुर्याउन सफल हुनुभएको थियो । खेलको पहिलो आधा तीन-शून्य भएको खेलको दोस्रो आधामा सिरहाकै फोफोना इभ्राइनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल हुनुभयो ।
युकेएफसी भारतले सलहेस युवा क्लब सिरहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नुपरेको थियो । खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिरहाका गोलकिपर अनिश देउलाले बचाउन सफल हुनुभएको थियो । खेलका म्यान अफ द म्याच सहलेस सिरहाका फोफोना इभ्राइम घोषित हुनुभयो ।
प्रतियोगितामा विजेताले नगद आठ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद पाँच लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा प्रत्येक दिन म्यान अफ दी म्याच घोषित हुनेलाई नगद पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच