काठमाडौं । कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले ७ बलअगावै ३ विकेट गुमाउँदै भेट्टायो ।
नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाउनुभयो । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट हुनुभयो । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । युएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाउनुभयो ।
यस्तै अली नासिरले पनि ३२ रन जोड्नुभयो । हमिद र नासिरबीच पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उहाँहरूले अर्धशतकीय साझेदारी गर्नुभएको हो ।
नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक/एक विकेट हात पार्नुभयो । करनले चार ओभरमा केवल १९ रन खर्चिनुभयो । विश्वकप छनोटको तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले आज (बिहीबार) हङकङसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच