कोरियामा अब विमानमा चढ्नु अघि यात्रुहरूको तौल गराउनु पर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

सियोल । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ।

अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ । यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के हो थाहा पाउनुहोस्।

दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन कोरियन एयरले विमानमा चढ्नुअघि यात्रुको तौल लिने बताएको छ। कोरियन एयरलाइन्सले उडान सुरक्षाका लागि यात्रुको औषत तौल र साथमा रहेको सामान नाप्ने बताएको छ । जुन महिनामा न्युजिल्याण्डमा एयर न्युजिल्याण्डबाट यात्रा गर्ने १० हजारभन्दा बढी यात्रुले पनि उडान अघि आफ्नो तौल नाप्नु परेको थियो ।

डेली मेलका अनुसार राजधानी सियोलका दुई ठूला एयरपोर्टबाट उडान भर्ने यात्रुहरूले त्यहाँ राखिएको डिजिटल स्केलमा आफ्नो तौल रेकर्ड गर्नु पर्नेछ। सरकारले उडान सञ्चालनको सुरक्षाका लागि यो निकै महत्वपूर्ण भएको बताएको छ ।

दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कोरियाली वायुसेवा कम्पनीहरूलाई आफ्नो ‘विमानको तौल र सन्तुलन व्यवस्थापन मापदण्ड’ अद्यावधिक गर्न आग्रह गरेको छ। उडान सञ्चालनका लागि आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

कोरियन एयरले नयाँ नियमहरूको पालना गर्छ र सुरक्षाप्रति प्रतिबद्ध छ। यात्रुको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको एयरलाइन्सको विश्वास छ । नयाँ नियमहरू अगस्ट २८ देखि जिम्पो एयरपोर्टमा लागू हुनेछन् भने इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर ८ देखि लागू हुनेछन्।

सरकारको यो निर्णयका कारण जनताको गोपनियतामा खतरा बढेको छ । सबैको बीचमा यसरी आफ्नो तौल दिनु उचित नभएको मानिसहरु बताउँछन् ।

एयरलाइन्सले यात्रुको गोपनियताको पूर्ण ख्याल राख्ने बताएको छ । यात्रुको तौलका आधारमा प्राप्त तथ्यांकलाई सर्वेक्षणका लागि प्रयोग गरिने बताइएको छ । जसको तौल बढी हुन्छ, त्यसले बढी पैसा तिर्नुपर्छ भन्ने होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?