बझाङ । बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरूको धमाधम नियुक्ति गरिन थालिएको छ।
जिल्लामा प्राथमिक तहका शिक्षकहरूको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ । शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथमिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन । तर, स्थानीय तहमा रहेका रिक्त दरबन्दीहरू भने लुकाउन थालिएको छ ।
शिक्षा विकास समन्वय इकाई बझाङले ४५ शिक्षकको पदपूर्तिका लागि शुक्रवार सिफारिस गरेको थियो। तर शिक्षकहरूले भने सिफारिस गरिएको क्षेत्रमा जान नपाएको गुनासो गरेका छन्। जिल्लाका स्थानीय तहले अस्थायी शिक्षकहरूको अनुकूल हुने गरि सरुवा गर्दैछन्। शिक्षा विकास तथा समन्वय इकाई बझाङले चैत १८ गते सार्वजनिक गरेको विवरणलाई तोडमोड समेत गरेको छ ।
बझाङमा अस्थायी करार शिक्षकलाई स्थानीय तहहरूले पायक परेको क्षेत्रमा अहिले पनि पदस्थापन गरेकाले शिक्षक सेवाबाट आएका स्थायी शिक्षकहरू समस्यामा परेका एक शिक्षकले बताउनुभयो । जिल्लामा ८४ शिक्षक अस्थायी करार सेवामा कार्यरत छन्। उहाँहरु कार्यरत रहेको कार्यालयसहितको सूची जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले चैत १ गते सार्वजनिक गरेको थियो । तर, उहाँहरूले अध्यापन गराउँदै आएको विद्यालयसमेत अहिले परिवर्तन भएकाले नयाँ स्थायी शिक्षकहरू समस्यामा परेका छन्। शिक्षकहरूको पदस्थापनामा मनोमानी भएको आरोप लागेका बेला, शिक्षक, विद्यालय र स्थानीय तहहरूको सिफारिसका आधारमा नियुक्ति दिएको र शिक्षकको पदस्थापनामा कुनै आर्थिक चलखेल नभएको शिक्षा विकास तथा समन्वय इकाई बझाङका सूचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो ।
शिक्षक सरुवा प्रक्रिया रोकेर स्थायी शिक्षकहरूको पदपूर्ति गर्नुपर्ने भएपनि शिक्षा विकास तथा समन्वय इकाइले आर्थिक र राजनीतिक शक्तिको आडमा अस्थायी शिक्षकको सरुवा र स्थायी शिक्षकहरूले रोजेको विद्यालय नदिने काम गरेको आरोप लागेको छ।
जिल्लाको सबैभन्दा बढी थलारा गाउँपालिकामा १३ शिक्षकको दरबन्दी रिक्त रहेको विवरण शिक्षा विकास तथा समन्वय इकाइको छ। बुङ्गल नगरपालिकामा १२, केदारस्यू गाउँपालिकामा पाँच, वित्थडचिर गाउँपालिकामा दुई, छविसपाथिभेरा गाउँपालिकामा तीन, दुर्गाथली र मष्टा गाउँपालिकामा एक एक, जयपृथ्वी नगरपालिकामा एक, तलकोट गाउँपालिकामा पाँच र सुर्मा गाउँपालिकामा दुई पद रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाइको विवरण छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच