काठमाडौं । सांगीतिक पाक्षिक पत्रिका म्युजिक खबरले सातौं वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा पत्रिकाले आफ्नो वार्षिकोत्सवमा स्रष्टा सम्मान गरेको हो । कार्यक्रममा संगीतकार तथा गायक शक्ति बल्लभलाई म्युजिक खबर विशिष्ट स्रष्टा सम्मान प्रदान गरिएको थियोे भने गायक प्रकाश सपूतलाई वर्ष गायक, शान्तिश्री परियारलाई वर्ष गायिका र दीपक शर्मालाई वर्ष संगीतकारबाट सम्मानित गरिएको थियो ।
त्यस्तै, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री (बले), एरेन्जर नरेन्द्र वियोगी र मोडल अनिता गिरीलाई कला सम्मान, निराजन भण्डारी र जिना कार्कीलाई कला पत्रकारिता सम्मान, अनु शाहलाई साहित्य सम्मान, सुभाष प्रधानलाई संगीत सम्मान, हरिराम परियार, सञ्जु न्यौपाने र कल्पना सुनुवारलाई गायन सम्मान, इन्द्रेणी स्विट होटल एवं इन्द्रेणी कप्लेक्सका सञ्चालक शम्भु श्रेष्ठ र सिबी माउण्ट फ्रेमिङका सञ्चालक च्याङ्बा लामालाई व्यवसायी सम्मान र सेसेमी लिम्बूलाई प्रस्तोता सम्मानबाट सम्मानित गरिएको थियो । यस्तै, पत्रकार रश्मी थापा र जीना कार्की लाई म्युजिक खबर कला पत्रकारिता सम्मान गरिएको थियो ।
त्यसैगरी नेपाल हाउसका प्रबन्ध निर्देशक टीका गौतम, कोरियोग्राफर सरोज बोलखे, फोटोग्राफर देवराज आचार्य, लक्ष्मीगणेश अफसेट प्रेसलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपलकुलपति शम्भुजित बाँस्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष बरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा वरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सविता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
सेसेमी लिम्बूले सहजीकरण गरेको कार्यक्रममा म्युजिक खबरका अध्यक्ष सुमन वैरागीले पछिल्लो समयमा छापा मिडियाको संख्या कम हुँदै गए पनि यसको विश्वसनीयता र महत्व झनै बढेको चर्चा गर्नुभएको थियो । प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटाले संगीत क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन म्युजिक खबर चुनौतीको कार्य भएको बताउनुभयो । संगीतकार शक्ति बल्लभले सातौं वर्ष निरन्तरता दिन सक्नु सिंगो कला क्षेत्रकै लागि खुशीको विषय रहेको चर्चा गर्नुभयो । पत्रिकाकी सम्पादक तथा प्रकाशक सविता पोखरेलले सम्मानित व्यक्तिहरूलाई बधाई ज्ञापन गर्दै म्युजिक खबरको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच