टप १३मा परिजिता

Read Time = 2 mins

काठमाडौं । अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसमा प्रतिस्पर्धा गरिरहनुभएकी नेपाली चेली परिजिता बास्तोला टप १३मा छनौट हुनुभएको छ । सोमबार साँझ लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ एगेन’लाई निकै हाउभाउसहित गाएर निर्णयकहरू तथा दर्शकको मनजित्न सफल हुनुभएको थियो । उहाँले कति मत ल्याएर टप १३मा पुग्नुभयो सार्वजनिक नगरिए पनि सर्वाधिकमध्येको भोट भएको बताइएको छ । संसारभर उहाँका लागि मत माग्ने अभियान नेपाली र नेपालीभाषी समुदायले स्वतस्फूर्तरूपमा चलाएको थियो ।

उहाँको अर्को प्रतिस्पर्धा आउँदो सोमबार अमेरिकी पूर्वीय समयानुसार साँझ ८ बजे हुनेछ । हरेक प्रस्तुतिपछि दर्शकहरूको भोट पाएमात्रै अर्को चरणमा प्रवेश गर्ने भएकाले अमेरिका र संसारभर भएका नेपाली र नेपालीभाषी समुदायले परिजितालाई आगामी चरणहरूमा भोट गर्नुपर्ने भन्दै अभियान चलाएका छन् ।

उहाँले सुरुदेखि नै नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिँदै आउनुभएको छ । परिजिताले सोमबार भाबुक गीत छनौट गरी अद्वितीय प्रस्तुति दिनुभएको थियो । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकबाट उत्तिकै प्रशंसा पाएको थियो ।

सोमबार सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेण्डको टोलीले सुरुवात गरेको थियो । लिजेण्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज, साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शन गर्नुभयो र प्रशंसा बटुल्नुभयो । तर, पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको ‘आई विल नेवर लभ अगेन’को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकबाट पहिलो ‘स्ट्याण्डिङ ओभेशन’ पाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?