ओझेलमा पर्यटन व्यवसाय

विश्वनाथ खरेल
Read Time = 11 mins

पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार सन् २०२० मा पर्यटन उद्योगबाट गुमेको आम्दानी रकम भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको खुद आम्दानी रकमभन्दा ११ गुणा बढी हो । फलतः यसमा नेपाल पनि अछुतो रहन सकेको छैन् । हाम्रो देशमा भने पर्यटन क्षेत्रलाई देशको अर्थतन्त्रका लागि महत्वपूर्ण सूचीमा राखेर प्रवद्र्धन सुरु गरेको विसं २०४६ सालको परिवर्तनपछि हो ।

त्यस यता केही वर्ष बिराएर नेपाल भ्रमण वर्षको आयोजना गर्नेलगायत पर्यटन प्रवद्र्धनका काम नेपालमा हुने गरेको थिएन । हाम्रो देशको सन्दर्भमा भने अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमशृंख्लाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालिन हामी नेपालीहरू नै नेपालको गहना हो । यसवर्ष यस व्यवसायका हरेक पाटाहरू नराम्रोसँग थलिएका छन् । यसर्थ एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो ।

देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन । देशमा के कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको समेत ध्यान जानुपर्छ ।

हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र विश्वका हरेक देशबाट नेपालमा पर्यटनको घुँइरो लाग्ने गर्दछ । यी विविध कारणले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाहृय विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कूल गार्हस्थ उत्पादनमा ३/४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने यसभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रवल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बनै मान्नुपर्छ ।

देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन । देशमा के कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको समेत ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन् कि होइनन्, तिनको खर्च गर्ने क्षमता के कस्तो छ भन्ने विषयमा कमैमात्र ध्यान पु¥याइएकैले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन ।

यसमा हेर्ने हो भने दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपाल जस्तो गन्तव्यले के आशा गर्ने अर्कोतिर पर्यटकहरू बसाइ अवधि पनि बढाउन सकिएको छैन । अतः नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट २० लाख पर्यटनको आगमन गर्ने जुन आशा राखिएको थियो । त्यो आशा दिवा सपनामा मात्र परिर्वतन भयो । जसले गर्दा १३ लाखभन्दा बढी पर्यटन क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूलाई ठूलो मार पर्‍यो ।

सन् २०१९ मा नेपाल आउने कूल पर्यटकको संख्या ११ लाख ९७ हजार १ सय ९१ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव ७ दिनमात्र रहेको थियो । त्यसरी नै सन् २०२० मा नेपाल आउने कुल पर्यटकको संख्यामा ८० दशमलव ८ प्रतिशतले कमी आएको अर्थात् सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल आउने कूल पर्यटकको संख्या २ लाख ३० हजार ८५ मात्र रहेको थियो । तर, नेपालमा पर्यटकहरूको औसत बसाइमा भने कुनै उल्लेख्य वृद्धि भएको छैन । बरू पर्यटकहरूले सन् २०१८ अघि औसतमा ४५ अमेरिकी डलर खर्च गर्थे भने त्यो घटेर ४२ अमेरिकी डलरमा झरेको पाइन्छ ।

यसरी नै सन् २०११ मा नेपालले वार्षिक पर्यटक आगमन संख्या १० लाख पुर्‍याउने भनेर नेपाल पर्यटन वर्षमै मनाइयो । त्यसैगरी पहिलो सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा यो संख्या ५ लाख पुगेको थियो । त्यस हिसाबले हेर्दा यस बीचमा ठूलै उपलब्धि भएको मान्नुपर्ने हुन्छ, तर दुर्भाग्यवश पाँच लाख पर्यटक आउँदा र आठ लाख पर्यटक आउँदाका बीचमा राष्ट्रिय पर्यटन आयमा खासै वृद्धि नभएको नेपाल राष्ट्र बैंकको विवरणले देखाएको थियो । यसको अर्थ या त खर्च गर्न सक्ने किसिमका पर्यटक नै ल्याउन सकिएन या पर्यटन क्षेत्रले औपचारिक प्रणालीबाट कम कारोबार गरिरहेको छ । यदि गुणस्तरीय पर्यटक नआएका हुन भने बढी खर्च गर्ने खालका पर्यटक बढीभन्दा बढी भित्र्याउन आवश्यक राष्ट्रिय रणनीति बनाउनु आवश्यक भइसकेको छ ।

समग्रमा भन्नुपर्दा माओवादी द्वन्द्व, शाही शासन, विनाशकारी भूकम्पलगायत केही अपवादका समयबाहेक नेपालले पर्यटनको क्षेत्रमा सन्तोषजनक प्रगति गर्दै आएको थियो । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो त्यसैले अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका छ । अपितु अधिल्लो वर्ष सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई विशेष उपलब्धिपूर्ण बनाउने अभियान थालेको पनि थियो तर वर्षको मुखमै कोरोना महामारीका कारण पर्यटक आगमन सम्भव भएन । भ्रमण वर्ष स्थगित गर्न सरकार बाध्य भयो ।

कोरोना तथा डेंगुका कारण धेरैजसो पर्यटन व्यवसायीहरूको एकातिर लगानी डुबेको छ भने अर्कोतिर पर्यटन क्षेत्रमा कार्यरत १३ लाख जनशक्ति यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । यसले गर्दा पर्यटन क्षेत्रमा काम गर्नेहरू धेरैजसो पलायन भएका छन् ।

यो अवस्था अझै कतिन्जेल रहने हो ? त्यसको टुंगो छैन । कोरोना महामारी समाप्त भयो भने पनि विश्वका अधिकांश मुलुकहरूको आर्थिक अवस्था लयमा फर्कन केही वर्ष लाग्ने निश्चित छ । जसले गर्दा विश्व अर्थतन्त्र लयमा नर्फेसम्म पर्यटन व्यवसायले गति लिने सम्भावना छैन । सन् २०१९ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब रुपैयाँ आम्दानी भएको थियो भने सन् २०२० मा अर्बौं रुपैयाँ प्रत्यक्ष रूपमा लगानी गरेका थिए । यसरी न नेपालको पर्यटन क्षेत्रमा कोरोनाका कारण करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

तर, कोरोना तथा डेंगुका कारण धेरैजसो पर्यटन व्यवसायीको एकातिर लगानी डुबेको छ भने अर्कोतिर पर्यटन क्षेत्रमा कार्यरत १३ लाख जनशक्ति यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । यसले गर्दा पर्यटन क्षेत्रमा काम गर्नेहरू धेरैजसो पलायन भएका छन् । फलतः पर्यटन व्यवसायी तथा मजदुरलाई टिकाइरहनु अहिलेको आवश्यकता हो । यसका लागि सरकारले विशेष प्याकेज ल्याउनु अनिवार्य छ । हाल आएर कोरोना कहर कम हुँदैगएको छ । मूलतः अब नेपाल सरकारका तीनै तहले युद्धस्तरमा पर्यटन उद्योगलाई लयमा फर्काउने सोचका साथ अगाडि बढ्नुपर्ने हुन्छ । जसले गर्दा भोलिका दिनमा अर्थतन्त्र आफ्नो लयमा फर्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञहरूको भनाइ रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?