प्रधानमन्त्रीलाई आजदेखि बालुवाटार र सिंहदरबारमा भेट्न नपाइने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज वैशाख १ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार र सिंहदरबारमा भेट्न नपाइने भएको छ । प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तासँग पार्टी कार्यालय पेरिसडाँडामा भेटघाट गर्न थाल्नुभएको हो ।

नेता तथा कार्यकर्ताले हरेक शुक्रबार प्रधानमन्त्रीलाई पार्टी कार्यालयमा भेट्न सकिने उहाँका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो ।

माओवादी केन्द्रले यसअघि नै ०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

यही क्रममा प्रधानमन्त्रीले आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?