‘फूलबारी’ को फस्टलुक पोष्टर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘फूलबारी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रको निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोष्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले बताउनुभयो ।

आगामी फागुन ५ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ । यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो ।

मनिष ढकाल निर्माता रहेको चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रूपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय छ । जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रको मणिराम पोखरेल कार्यकारी निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?