कोशीबाट सत्ता गठबन्धन संकटमा पर्‍याे : सूर्य थापा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता गठबन्धन संकटमा परेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।

एमाले नेता थापाले कोशी प्रदेशबाट सत्ता गठबन्धनको टायरमा पञ्चर पर्न सुरु गरेको भन्दै अब सबै प्रदेशमा गठबन्धनको टायर पञ्चर हुने बताउनुभयो । कोशी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको बताउनुभयो ।

सत्ता संचालनको नेतृत्वमा पुगेको गठबन्धन सरकारले नागरिकको हक हित विपरीत काम गरिरहेको आरोप लगाउँदै सत्ता गठबन्धन छिट्टै ढल्न सक्ने बताउनुभयो । गठबन्धन सरकारले बजारमा मंहगी, कालोबजारी, विकास निर्माण ठप्प, चिनीको हाहाकारलगायतका समस्याले जनताको ढाड सेकिरहेको नेता थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?