नवलपरासी । पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर ५ देखि १७ गतेसम्म छैठाैँ नवलपरासी औद्योगिक व्यापार मेला–२०८२ हुने भएको छ ।
उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुन लागेको मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी गरिने आयोजकले बताएको छ । मेलाको बिषयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेलामा विविध प्रकारका २ सय व्यावसायिक स्टलहरू रहने सङ्घका महासचिव तारा आर्चायले जानकारी दिनु भयो ।
मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करीब पाँँच करोड १० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनु भयो । उहाँका अनुसार -"रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्र्धनका लागि गोष्ठी, सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको छ ।"
धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरीजातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिने संघका बरिस्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो ।जिल्लामा अवस्थित ठुला मझौला साना तथा राष्ट्रिय स्तरका उत्पादनहरूकाे निर्यात प्रबर्द्धन जाेड दिदै बजार प्रबर्द्धन नयाँ सम्भावना खाेजि सन्दर्भिक गाेष्ठी आर्थिक ओैद्योगिक कृषि पर्यटन सम्बन्धि सम्बन्धि अन्तरक्रिया र कार्शाला गर्ने धार्मिक तथा पर्यटकीय स्थालहरूकाे व्यापक प्रचारप्रसार गरीने छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र अनुसार संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको संयोजकत्वमा मूल आयोजक समिति, पदाधिकारी सम्मलित नियमन समिति, स्टेरिङ समिति,सल्लाहकार समिति तथा विभिन्न विषयगत २५ वटा उपसमितिहरु निर्माण गरि तयारी थालिएको छ ।
मेला हेर्न आउने दर्शकलाई ५० रूपैयाँ र ७० रूपैयाँ टिकट ताेकिएकाे सङ्घले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच