![जसपाले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/jasapa-ashok-rai.jpg)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
बिहीवार मन्त्रालयमा पत्रकारहरु सँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले ति मुलुकहरुमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महशुस भएको बताउनु भयो । उहाँले तत्काल दुतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भएपनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको पनि बताउनु भयो । त्यस्तै विद्यमान दुतावासहरुको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उहाँले बताउनुभयो । उहाँले अप्ठ्यारो परेको अवस्थामा दुतावाससँग उद्धार गर्ने सामथ्र्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘विभिन्न मुलुकमा जहाँ नेपालीहरुको संख्या उल्लेख्य छ । जहाँ हाम्रो उपस्थिति अनिवार्य छ । त्यस्ता मुलुकहरुमा तत्काल राजदुतावास खोल्नुपर्ने अवस्था छ । यदि दुतावास खोल्न सक्ने अवस्था भएन भनेपनि ड्राइपोस्टिङको सिस्टमबाट हाम्रो उपस्थिति दर्ज गर्छौ भन्ने निर्णय गरेका छौँ । ड्राइपोस्टिङमा के हुन्छ भने, परराष्ट्र मन्त्रालयको उपसचिव तहको मान्छे, श्रम मन्त्रालयको एउटा अधिकृत र लोकल स्टाफ तिन जनाको सम्पर्क कार्यालय जस्तो हुन्छ त्यहाँ । त्यसले त्यहाँ श्रम स्वीकृति, श्रमका विभिन्न समस्याहरु, पासपोर्टका समस्याहरुको कुरा त्यहाँ हुनछ । त्यसको म्यापिङ गरिरहेका छौँ कहाँ श्रम सहचारी राख्ने, कहाँ ड्राइपोस्टिङ गर्ने भन्ने कुरा गरिरहेका छौँ । भइरहेका विभिन्न दुतावासहरुमा साधन, स्रोतको कमीले गर्दा समस्याहरु भइरहेको छ । मलेसिया, खाडि मुलुक, जापान र कोरिया लगायतका दुतावासहरुमा केही जनशक्ति राख्न २० जनाको दरबन्दी कायम गरेका छौँ । स्थानीय स्टाफ राख्ने भनेको छौँ । दुतावासले तत्काल उद्धार गर्ने सामथ्र्य नभएको हुनाले अप्ठ्यारो परेको छ उद्धार कार्यमा । उनीहरुको लागि एउटा फन्डको व्यवस्था गरिदिएका छौँ । सेल्टरहरुमा पनि थप रकमको व्यवस्था गरिदिएका छौँ ।’
मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरुको समुह बनाएर काम गरिरहेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच