काठमाडौं । सरकारले दशैँअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी दिने भएको छ । अर्थ मन्त्रालयले पुँजीगत खर्च भई रकमको अभावमा भुक्तानी बाँकी रहेको छ अर्ब रुपैयाँ भुक्तानी दिने भएको हो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्माण व्यवसायीको छ अर्ब भुक्तानीका लागि दिएको पत्रमा देखिएको छ ।
अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पठाएको पत्रमा गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको रकम भुक्तानी दिने उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयअन्तर्गतका निर्माण कामको भुक्तानीका लागि अर्थ मन्त्रालयले सहमति दिएको पत्रमा उल्लेख छ ।
सडक तथा पुल निर्माण, रेल मार्ग तथा हवाई मैदान निर्माण, तटबन्ध तथा बाँध निर्माण, सिँचाइ संरचना निर्माण, सरसफाइ संरचना निर्माण र अन्य सार्वजनिक निर्माणको दायित्व भुक्तानीका लागि महालेखाअन्तर्गतका कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच