ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । सातदोबाटोबाट १३ किलोमिटर दूरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनीमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुला गरेको जनाएको हो ।
लेले बसपार्कबाट दुई सय मिटरभित्र पर्ने उक्त कोलोनी द पिएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भइरहेको छ । सरकारी मापदण्डअनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा एक सय ३० घडेरी तयार गरिएकोमा २८ वटा अढाइ तलाका बंगला र एक सय दुई वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ । कम्पनीले दशैँ तथा तिहारमा बुकिङ गर्नेका लागि अफर पनि सञ्चालन गरेको छ । दशैँमा बैना वा पास गर्नेले विशेष छुट र लक्की ड्रमार्फत् टाटाको नेक्सन कार जित्न सक्ने बताइएको छ । जग्गा खरिदकर्ताले जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स पाउने कम्पनीले जनाएको छ । त्यस्तै टिकटकमा भिडियो बनाउनेले पनि पाँचदेखि १५ हजारसम्म नगद पुरस्कार पाउनेछन् ।
चार आना दुई दाममा बन्ने अढाइ तले बंगलाको मूल्य एक करोड २५ लाख र प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजारमा घडेरी किन्न सकिनेछ । पाँच वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था गरिएको जनाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई ८० प्रतिशतसम्म फाइनान्सिङ व्यवस्थासमेत गरेको छ । साथै कम्पनीले जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरेको छ ।
जग्गामा पिच सडक, पार्क, विद्युत् र पानी राम्रो सुविधाका साथै चारैतिर हरियाली सुन्दर वातावरण रहने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच