शारदीय नवरात्रका दिन धार्मिक रूपले विशेष मानिन्छ । शरदकालीन सुन्दर प्राकृतिक छटासँगै नेपालीका घर आँगनमा भित्रिने वडादशैँको आफ्नै महिमा रहिआएको छ । विशेषतः आसुरीशक्तिको पराजय र सत्यको विजय भएको पर्वका रूपमा विजया दशमीलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । दशैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । जसलाई दुर्गा पक्ष पनि भनिन्छ । दशैँ चान्द्रमासका आधारमा मनाइने विशेष पर्व हो ।
आश्विन शुक्लप्रतिपदाका दिन घटस्थापना गरेपछि दशैँको विधिवत आरम्भ हुन्छ । घटस्थापनादेखि नै भगवतीको आराधना आरम्भ हुन्छ । नौ रात्रि समापन भएपछि दशामीका दिन भगवतीको प्रसादस्वरूप मन्यन्यजनबाट टीका जमरा लगाउने गरिन्छ । यही क्रममा मान्यजनले टीक जमरासँगै अशीर्वचन प्रदान गर्ने चलन रहेको छ । यसरी प्रदान गरिने आशीर्वचन (आशीर्वादात्मक मन्त्र) को नेपाली अर्थका बारेमा यस आलेखमा चर्चा रहनेछ ।
आयुद्रोणसुते...को अर्थ
नेपाली परम्परामा यो आशीर्वचनको प्रयोग अधिक हुने गर्दछ । यो आशीर्वचनको शास्त्रीय स्रोत प्राप्त हुन सकेको छैन । मौखिक श्रुति परम्परामा नै जीवन्त आशीर्वचन महाभारत कालपछि प्रचनलमा आएको कुरा महाभारतमा वर्णित घटनाक्रमका पात्र भएकाले जान्न सकिन्छ । अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा दशरथको जस्तै श्रेय रहोस् । भगवान् रामका जस्तै शत्रु नाश हुन् । नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्तै गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस्, कर्णजस्तै दानी हुनू, बल पराक्रम बलराम भगवान्को जस्तै होस्, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान् नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने भावको अर्थ निम्न आशीर्वचनले वहन गरेको छ :
‘आयुद्र्रोणसुतेश्रियो दशरथे शत्रुक्षयोराघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
शौर्यं शान्तनवे (दानं सूर्यसुते) बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। ’
आयु (द्रोणसुत–द्रोणाचार्यका छोरा) अश्वत्थामाको जस्तै होस् सर्वप्रथमा भनिएको छ । अश्वत्थामा अष्टचिरञ्जीवीमध्येका एक हुन् । चिरञ्जीवीभनेको लामोसमयसम्म बाँच्नसक्ने भन्ने हो । आयु लामो होस् भन्ने कामना ‘आयुद्र्रोणसुते’ ले गरेको छ । यसैगरी श्रियो दशरेथे भनिन्छ । श्रीयंको अर्थ श्री ऐश्वर्य, सम्पत्ति, कीर्ति भन्ने हुन्छ । दशरथ राजाको जस्तो श्रीसम्पत्ति होस् भनिएको छ । दशरथका पुत्र नै भगवान् श्रीराम हुनुहुन्थ्यो यस्ता पुत्ररत्नयुक्त राजा दशरथजस्तै श्रीसम्पन्न हुनू भन्ने श्रियो दशरथेको अर्थ हुन्छ । शत्रुक्षयं=शत्रु नाश हुन् । राघवे=भगवान् श्रीरामका जस्तै गरी शत्रु नाश हुन् भन्ने ‘शत्रुक्षयो राघवे’ को अर्थहुन्छ । सम्पत्तिका सन्दर्भमा राजा नहुषजस्तै हुनू भनी ‘ऐश्वर्यं नहुषे’ भन्ने शब्दावलीको प्रयोग गरिन्छ ।
नहुष पृथ्वी र स्वर्ग दुवैको ऐश्वर्य भोगगर्ने राजा थिए । वृत्रासुरको हत्यापश्चात् इन्द्रलाई श्राप परेपछि स्वर्गका राजासमेत भएको कथा पुराणमा वर्णन पाइन्छ । यसैगरी ‘गतिश्च पवने’ पवन भनेको वायु वा हावा हो । वायुयको जस्तै गति हो होस् भन्ने आशीर्वचना दिइन्इन्छ । जसले गतिशील हुनू, चाँडै उन्नति प्रगति गर्नसक्ने हुनू भन्ने अर्थ द्योतन गर्दछ । यसैगरी मान सम्मानका सन्दर्भमा ‘मानञ्च दुर्योधने’ दुर्योधनलाई जस्तो मान सम्मान प्राप्त होस् भनी आशीर्वचन प्रदान गरिन्छ । स्वयं भीष्मपितामहले पनि हस्तिनापुर युवराजको संरक्षक भएर रहेको कुरा महाभारतमा वर्णन पाइन्छ ।
यसरी सवैको मानसम्मान पाउने व्यक्ति दुर्योधन भएकाले यहाँ ‘मानं च दुर्योधने’ भनिएको हो । हरेकका गुणको अनुसरण र दोषको त्याग गर्नुपर्दछ । यसैले यहाँ दुष्प्रवृत्तिको दुर्योधन भए पनि मानसम्मानका सन्दर्भमा श्रेष्ठ भएकाले त्यस्तै समान सम्मान प्राप्त होस् भनिएको हो । कतै ‘शौर्यं सान्तनवे’ त कतै ‘दानं सूर्यसुते’ भन्ने प्रयोग गरिन्छ । सौर्य पराक्रमका सन्दर्भमा शान्तनव (सन्तनु पुत्र भीष्म)को जस्तो होस् भनिन्छ । भीष्मलाई इच्छा मृत्युको वरदान थियो र संसारका हरेक अस्त्रशस्त्रको ज्ञान उनमा विद्यमान थियो । भीष्मको जस्तो शक्ति अरूमा थिएन यसैले यो वचनन उल्लेख गरिएको हो ।
यसैगरी दानको सन्दर्भमा कर्णजस्तो दानी संसारमा विरलै नै पाइन्छन् । युद्धका समयमा सबैभन्दा महत्वपूर्ण हुने कवच पनि दान गरेर दानको उदारवृत्तिलाई कर्णले प्रकट गरेका छन् । उक्त कवच दान नगरेका भए महाभारतको युद्धमा कर्णलाई कसैले पनि परास्त गर्नसक्ने सामथ्र्य थिएन । भगवान् सूर्यले प्रदान गरेको अभेद्य कवचन दान गर्ने कर्णलाई दानका सन्दर्भमा उदाहरणीय मानिन्छ । यसैले कर्णजस्तै दानी हुनू भन्ने अर्थमा यो वचन प्रयोग गरिन्छ । बलका सन्दर्भमा हलधरे=बलराम जस्तै हुनू भनिन्छ । बलरामजस्ता बलशाली व्यक्ति सांसरमा अरू थिएनन् ।
आश्विन शुक्लप्रतिपदाका दिन घटस्थापना गरेपछि दशैँको विधिवत आरम्भ हुन्छ । घटस्थापनादेखि नै भगवतीको आराधना आरम्भ हुन्छ । नौ रात्रि समापन भएपछि दशामीका दिन भगवतीको प्रसादस्वरूप मन्यन्यजनबाट टीका जमरा लगाउने गरिन्छ । यही क्रममा मान्यजनले टीक जमरासँगै अशीर्वचन प्रदान गर्ने चलन रहेको छ ।
यसैगरी सत्य बोल्ने सन्दर्भमा कुन्तीसुत=धर्मराज युधिष्ठिरजस्तै सत्यवादी हुनू भनिन्छ । युष्ठिरले कहिल्यै असत्य बोलेनन् यसैले सत्य वोल्नू भन्ने यस पदावलीको सन्दर्भार्थ रहेको हो । यसैगरी भगवान् नारायण भगवान्को जस्तो कीर्ति फैलियोस् भन्ने कामना राखी ‘कीर्तिश्च नारायणे’ भनिन्छ । जसरी नारायण भगवान् कण कणमा व्याप्तु हुनुहुन्छ त्यसैगरी कीर्ति सर्वत्र फैलियोस् भन्ने यो आशीर्वचनको मूल अर्थ रहेको छ ।
जयन्ती मंगला काली ...
यसैगरी अर्को आशीर्वचन ‘जयन्ती मङ्गला काली..’ पनि दशैँमा विशेष प्रयोग गरिन्छ । दशैँमा दुर्गा भगवतीको विशेष उपासनाहुने गर्दछ । यसैले भगवतीका नौ स्वरूपको नाम उच्चारण गरी मंगलको अशाीर्वचन प्रदान गर्न यो मन्त्रको प्रयोग गरिन्छ । दुर्गासप्तशतीअन्तर्गत अर्गलास्तोत्रम्मा यो श्लोक संग्रहित छ ।
‘जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोद्रस्तु ते ।।’ (दुर्गासप्तशती, अर्गलास्तोत्रम्, श्लो. १)
हे जयन्ती ! हे मंगला ! हे काली ! हे भद्रकाली ! हे कपालिनी ! हे दुर्गा ! हे क्षमा ! हे शिवा ! हे धात्री ! हे स्वाहा ! हे स्वधा ! हजुरलाई नमस्कार छ । यसरी नमस्कारपूर्वक भगवतीको हरेक स्वरूपले कल्याण गरुन् भन्ने भावनासहित यो मन्त्रको उच्चारण गरिन्छ ।
सर्वमङ्गलमङ्गल्ये....
यसैगरी मङ्गलको कामना राखी यो आशीर्वचन पनि अधिकतमरूपमा प्रयोग गरिन्छ :
‘सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोद्रस्तु ते ।।’
अर्थात् अमङ्गललाई पनि मंगल गर्ने कल्यणदायिनी हे शिवे हजुरलाई नमस्कार छ । सम्पूर्ण पुरुषार्थ सिद्धि गर्नेवाली नारायणी शरणगतवत्सला हुनुहुन्छ । यस्ती कल्यणदायिनी भगवतीलाई नमस्कार छ भनी आशीर्वचन प्रदान गरिन्छ । जसको भाव पनि मंगल कामना नै हो ।
जय त्वं देविचामुण्डे....
भगवतीकाअनेक स्वरूप छन् । यसमध्ये एक रूप चामुण्डाको हो । यसैगरी कालारात्रि नवदुर्गाअन्तर्गत पर्दछन् । यिनै चामुण्डा र कालारात्रि भगवतीले कल्याण गरुन् भनी निम्न आशीर्वचन प्रदान गरिन्छ :
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालारात्रि नमोद्रस्तु ते ।। (दुर्गासप्तशती, अर्गलास्तोत्रम्, श्लो.२)
हे चामुण्डा देवी ! हजुरको जय होस् । सम्पूर्ण प्राणीको पीडा हरण गर्नेवाली देवी हजुरको जय होस् । सम्पूर्ण चराचर जगत्मा व्याप्त देवी ! हजुरको जय होस् । हे कालारात्रि हजुरलाई नमस्कार छ ।
निवसतु तव गेहे...
घरमा अचल लक्ष्मीको वास होेस् । बाहु अर्थात् भुजामा शत्रु हनन् गर्ने कालिका प्रवेश गरून् । मुखरूपी कमलमा सधैँ सरस्वती प्रकाशित होऊन् । चित्त भगवान् विष्णुका चरणकमलमा निश्चल भएर लागोस् भन्ने निम्न आशीर्वचनको अर्थ रहेको छ ः
‘निवसतु तव गेहे निश्चला सिन्धुपुत्रीप्रविशतु भुजदण्डे कालिका वैरिहन्त्री ।
तव वदनसरोजे भारती भातु नित्यंन चलतु तव चित्तं पादपद्मान्मुरारेः ।।’
लक्ष्मी धनकी देवी हन् । यसैले धनको वास घरमा भइरहोस् भनिएको हो । दुर्गा भगवती शक्तिकी देवी हन् । यसैले बाहुमा शत्रुविनाशी कालीको निवास होस् भनिएको हो । सरस्वती वाणीकी देवी हन् । बोली वचन मीठो होस् भन्ने हेतुले मुखाम सरस्वतीको वास होस् भनिएको हो । चित्त भनेको मन हो । मन मुरारि (विष्णु) भगवान्मा निश्चल रहोस् भनी आध्यात्मिक भाव नित्य रहोस् भन्ने यो आशीर्वचनको आशय छ ।
यावत् तोयधरा......
जबसम्म पानीका धार यो धर्तीमा बगिरहन्छन्, जबसम्म रामायणका कथा सुनिरहन्छन्, तबसम्म यो धर्तीमा भोग गर्नुहोस्, दीर्घजीवी रहनुहोस् भन्ने अर्थ निम्न आशीर्वचनले वहन गरेको छ :
‘यावत् तोयधरा धराधरधरा, धारा धरा भूधरा ।।
यावत् चारु सुचारु चारु चमरं, चामीकृतं चामरम् ।।
यावत् रावण रामरामरमणं, रामायणं श्रुयते ।
तावत् भोग विभोग भोग भुवने त्वं दीर्घजीवी भवः ।।’
यसको अन्तिम पाउमा कतै कतै ‘तावत् भोग विभोगभोगमतुलं भोगायते नित्यशः ।।’ भन्ने पनि पाइन्छ । जसको अर्थ पनि अटुट भोग धर्तीमा गर्न पाउनुहोस् भन्ने अर्थ रहन्छ । यहाँ पनि सुख शान्ति र समृद्धिको कामना गरिएको छ ।
लक्ष्मीस्ते पङ्कजाक्षी.....
यसैगरी ‘लक्ष्मीस्ते पङ्कजाक्षी...’ भन्ने आशीर्वचन पनि अधिक रूपमा प्रयोग गरिन्छ । घरमा कमलजस्ता नेत्र भएकी लक्ष्मी बसून् । कण्ठमा सरस्वती बसून् । बन्धुहरू बढून् । सबै शत्रुहरू पातालमा पुगून् । स्वच्छ कीर्ति देशदेशान्तर फैलियोस् । छोरा–नातिहरूसमेत सबै सुख पाएर सय वर्ष बाँचुन् भन्ने यो आशीर्वचनको अर्थ रहेको छ :
‘लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां बन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूलम् ।
देशे देशे च कीर्ति प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलसुखयुतैर्हायनानां शतञ्च ।।’
घरमा लक्ष्मीको वास होस् । कण्ठमा सरस्वतीको वास होस् । बन्धुवर्गमा वृद्धि होस् । शत्रु पाताल पुगुन् ।देश विदेशमा सत्कीर्ति फैलियोस् । चमेलीफूलको जस्तै सुवासयुक्त रहनु । चन्द्रमाको जस्तै स्वच्छ चम्किलो कीर्ति फैलियोस् । सन्तति सुख मिलोस् । आयु लामो होस् । सयवर्षसम्म बाँच्नुहोस् । भन्ने अर्थ यस आशीर्वचनले वहन गरेको छ ।
स्वस्त्यस्तु ते कुशलमस्तु ....
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु । गो-हस्ति–वाजि-धनधान्य-समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोद्रस्तु रिपुक्षयोद्रस्तु । सन्तानसौख्य-सततं हरिभक्तिरस्तु ।।
हजुरको कल्याण होस् । कुशल रहनुहोस् । चिरायु (लामो आयु) रहनु होस् । गाई, हात्ती, घोडा आदि धनधान्य वृद्धि होस् । ऐश्वर्य सम्पन्न रहनुहोस् । विजयी हुनुहोस् । शत्रु नाश हुन् । सन्तानबाट सदा सुख प्राप्त होस् । सधैँ श्रीहरिमा भक्तिभाव रहोस् भन्ने यो आशीर्वचनको अर्थ रहेको छ ।
मन्त्रार्थाः सफलाः सन्तु ...
मन्त्रहरू सार्थक हुन्, मनका इच्छाहरू पूरा हुन्, शत्रूहरूको बुद्धि नाश होस्, मित्रहरूको उदय होओस् भन्ने अर्थ निम्म वचनले वहन गरेको छ :
‘मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः ।
शत्रूणां बुद्धिनाशोद्रस्तु मित्राणामुदयोद्रस्तु वः ।।’
मन्त्रमका अर्थ र आशयहरू सफल हुन् । मनका कामनाहरू पूर्ण हुन् । शत्रुको बुद्धि नाश होस् । मित्रको उदय होस् भनेर पनि आशीवर्चन प्रदान गरिन्छ ।
अव्याधिना शरीरेण ...
शरीर निरोगी होस् । मन चिन्तारहित् होस् । याचक अर्थार्थीको आशा पूरा होस् । सयवर्षसम्म बाँच्नुहोस् भन्ने यस आशीर्वचनको अर्थ रहेको छ :
‘अव्याधिना शरीरेण मनसा च निराधिना ।
पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम् ।। ’
‘आयुर्वृद्धिर्यशोवृद्धि....
यसैगरी आयु बढोस् । कीर्ति बढोस् । ज्ञान, सुख र सम्पत्तिको वृद्धि होओस् । धर्म र सन्तानको वृद्धि होस् । यी सात कुराको वृद्धि निरन्तर भइरहोस् भनेर निम्न आशीर्वचन प्रदान गरिन्छ :
‘आयुर्वृद्धिर्यशोवृद्धिर्वृद्धिप्रज्ञासुखश्रियाम् ।
धर्मसन्तानयोर्वृद्धिः सन्तु ते सप्तवृद्धयः ।।’
यसरी दशैमा टीका प्रसादका साथै आशीर्वचन प्रदान गर्ने शास्त्रीय विधि विधान रहिआएको पाइन्छ । यसका साथै मन्त्रात्मक नभई शब्दात्मक वचन संस्कत एवं नेपालीका अन्य वचनपनि प्रयोग हुने गर्दछन् । मूलतः यी सबै आशीर्वचनको मूल मर्म कल्याण नै देखिन्छ । सुख, शान्ति, समृद्धि र ऐश्वर्यको कामना नै मूलभूत रूपमा व्यक्त भएको पाइन्छ । यस वर्षको बडादशैँ पनि सुख, शान्ति र समृद्धिद्धयुक्त रहोस् हार्दिक मङ्लयमाय शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच