कालीकोट । केही वर्ष अगाडिसम्म दशैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे ।
पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइलो गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो । दशैँ सुरू भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे ।
तर, अहिले ती डाँडा र चौतारा सुनसान हुँन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुँन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दशैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हँुने गरेको स्थानीयको भनाइ छ ।
पाँच वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया बसेर घर फर्किनुभएका नरहरिनाथ गाउँपालिका—५ का टेकबहादुर सहकारीले वषौं वर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुँने भए पनि तर चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्यको समेत जगेर्ना नहुँदा पहिलेभन्दा यो दशैँ खल्लो लागेको बताउनुभयो ।
यस्तै अर्का स्थानी रास्कोट नगरपालिका –३ का गोकर्ण सञ्यालले, ‘सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दशैंको उमङ्ग पनि घट्दै गएको छ’ पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुँने गर्थाै, वर्षौसम्म पनि भेट नभएका साथी दशैँंमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दशैँको रमाइलो पनि हराएजस्तो लाग्न थालेको उहाँले बताउनुभयो ।’
बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दशैँमा पिङ राख्ने विषय हराउँदै गएको छ । पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुँने गरेकोे छ ।
पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटेपिङ राख्ने गरेकोमा यो भने हराउँदै गएको छ । पचालझरना गाउँपालीका –१ का ९० बर्षिया वृद्ध सुजन रोकायाले “दशैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने बताउनुभयो । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको रोकाया बताउनुहुँन्छ् । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरूको विवाहसमेत हुँने गरेको सुनाउनुभयो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उहाँले बताउनुभयो ।
‘दशैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्’, रोकायाले भन्नुभयो ।
रोकायाले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरूप बनाएको बताउनुभयो । अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच