प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको छ ।
चाडपर्वमा समाजमा शान्ति, सुरक्षा तथा सद्भाव कायम गर्नको लागि सबैको सकरात्मक सहयोग र समन्वय भूमिकाको अपेक्षा गरिएको जारी सूचनामा उल्लेख छ । जिल्लास्थित सम्पूर्ण कार्यालय संघ-संस्थाका प्रमुखहरुले कार्यालयको सुरक्षाको लागि पालो पहराको उचित प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।
सरकारी सवारी साधनहरुको प्रयोग सरकारी कामकाजमा मात्र प्रयोग गर्न सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वमा हुने कालोबजारी र म्याद गएका सामाग्री बिक्री वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तीब्र पारिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच