भोजपुर । गृह जिल्ला भोजपुरमा रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले यस पटकको दशै चौरीपालक र भेडापालक कृषकहरुसँग मनाउनु भएको छ ।
भोजपुरमा रहनु भएका मन्त्री किरातीले यस पटक भने मैयुङडाँडामा मनाउनु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री यति बेला निर्वाचन क्षेत्रमा मतदातालाई भेटन गाउँमाहुनुहुन्थ्यो । सोहीक्रममा यस बर्षको दशै उहाँको चौरीपालक र भेडापालक कृषकहरुसँग हुने छ, मन्त्री किरातीका प्रेस संयोजक राजन राईले भन्नुभयो, “हरेक बर्ष जनतासँग सृजनशील ढंगले दशै मनाउने गरेका किरातीले यो बर्ष मैयुङ लेकमा गोठलाहरुलाई सम्मान गरेर दशै मताउनु भएको छ ।” मैयुङ लेक तीन हजार सय मिटरको उचाईमा रहेको छ । यहाँ चौरी तथा भेडापालक कृषकहरुको जमघट हुने गरेको छ ।
कृषकहरुलाई मन्त्री किरातीले गोठमा नै पुगेर सम्मान समेत गर्नु भएको छ । महिला र पुरुष गरी २० जना कृषकहरुलाई एक सरो कपडा उपहार दिएर सम्मान सहित शुभकामना आदन प्रदान गर्नु भएको प्रेस संयोजक राईको भनाई रहेको छ । गोठ संस्कृति पुरानो सामाजिक परम्परा रहेकोले यसलाई पर्यटनसंग जोड्नका लागि पनि यो संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यले राख्नु पर्ने मन्त्री किरातीले बताउनुभयो ।
एक साता अगाडीबाट काठमाण्डौ छाडेर गृह जिल्ला भोजपुर आउनु भएका मन्त्री किरातीले आफना मतदाता भेटघाट सहितका बिभिन्न कार्यक्रममा सहभागि हुदै आउनु भएको छ । मतदातालाई भेटघाट गर्दै बिजया दशामीका दिन मन्त्री मैयुङ पुग्नु भएको हो । एक पटक संविधानसभा र दुई पटक प्रतिनिधिसभामा निर्वाचित मन्त्री किराती भौगोलिक विकटताका बाबजुत पनि जिल्लाको ८१ ओटा वडालाई दुई महिनासम्म लाएर भए पनि घुमेर जनता भेटघाट गर्ने नेतामा पर्नु हुन्छ ।
आफु मन्त्री भएपछि जिल्लाका तीन स्थानीय तहका १८ वडामा पुग्न बाँकी रहेको बताउने किरातीलाई २० दिन जति लाग्ने छ । उक्त स्थानीय तहमा तीन चरण गरेर तिहार पछि भेटघाट सम्पन्न गर्ने योजना रहेको मन्त्री किरातीको सचिवलयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच