सर्लाहीमा सुमो दुर्घटना, पाँच जना घाइते

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-११ कर्मोहानमा आज अपरान्ह टाटासुमो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते सबै तेस्रो लिङ्गी हुन् ।

आर्थिक सहयोग संकलन गर्दै हिँडेका उनीहरु सवार बीआर ०६ पीडी ४०६३ नम्वरको टाटासुमो अनियन्त्रित भई बयलवास-बबरगन्ज सडक अन्तर्गत कर्मोहानमा सडकबाट खेतमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

उनीहरुको बयलवासमा उपचार जारी छ । दुर्घटनामा परेको सुमो र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?