काठमाडौं । हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा चयन हुनुभएको छ । महासंघको कार्यसमितिको नवौँ बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्यव्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहनुभएका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
गौतमको समेत उपस्थिति रहेको बैठकले राजीनामा स्वीकृत गर्दै महासंघको विधानबमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई महासंघको कार्यवाहक अध्यक्ष चयन गरेको महासंघले जनाएको छ । अध्यक्ष गौतमले कार्यव्यस्तताका कारण राजीनामा दिए पनि आफूले भ्याएसम्म महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।
२०५५ सालमा बुद्धिचाल खेलाडी भएर खेलजीवन सुरु गर्नुभएका महर्जन २०६२ सालमा हेराबहादुर स्थापित अध्यक्ष रहँदा पहिलोपटक कार्यसमितिमा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ संघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै २०८० वैशाखमा सम्पन्न साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
महर्जन २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत रहनुभएको थियो । पदभार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष महर्जनले बुद्धिचाल खेलको विकास र विस्तारका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच