काठमाडौं । हङकङ सरकारले २० वर्षपछि नेपालका लागि भिसा खुलाएको छ । सन् २००५ मा हङकङले भिसामा रोक लगाएपछि नेपालीलाई त्यहाँ प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । हङकङ सरकारले यही साता सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपाली ट्यालेन्टहरूका लागि रोजगार, तालिम र विद्यार्थी भिसा सहज रूपमा जारी गर्ने घोषणा गरेको छ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले गत बुधबार आफ्नो नीति तथा कार्यक्रम सम्बोधन गर्दै नेपाली प्रतिभा (ट्यालेन्ट)का लागि हङकङ प्रवेशमा सहजीकरण गरी विगतमा लगाएको रोक खुलाइएको जानकारी गराउनुभएको थियो ।
प्रमुख जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि हङकङ प्रवेश गर्न नेपालीलाई खुकुलो बनाइएको घोषणा गर्नुभएको थियो । लीले गत वर्षदेखि हङकङको प्रमुख कार्यकारी सम्हाल्नु भएको थियो । लीको यो दोस्रो नीति सम्बोधन थियो । जसमा उहाँले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा खुकुलो बनाइएको बताएको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २००५ मा बन्द गरिएको घरेलु कामदारलगायत सबै भिसा खुलेको हो कि होइन यो विषयमा नीति तथा कार्यक्रममा भने प्रष्ट खुलाइएको छै्रन । तर, प्रमुख जोन लीको नीति सम्बोधनले हङकङमा रहेका कतिपय नेपाली अलमलमा परेको समेत त्यहाँ रहेका नेपालीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् । न्युजपोष्टका अनुसार विद्यार्थी, रोजगार र बढीमा एकवर्षे तालिमका लागि पनि भिसा खोलिएको विदेशीका लागि खुलाइएको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तो क्षेत्रमा खुल्ला
इञ्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका लागि भिसा खोलेको हङकङको न्युजपोष्टले जनाएको छ । हाल सार्वजनिक भएको नयाँ नीतिसँगै नेपाली इञ्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारहरूले हङकङमा रोजगारीको अवसर पाउनेछन् । नेपालीका हकमा भने जुनसुकै क्षेत्रको तालिमका लागि पनि हङकङमा भिसा पाउने त्यहाँ लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका कविन्द्र लिम्बूले जानकारी दिनुभयो ।
सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो । अवैध बाटो हुँदै धेरै नेपाली रोजगारीका लागि हङकङ आउने गरेको उहाँले बताउनुभयो । ‘राम्रो कम्पनीले स्पोन्सर गरी भिसा दिन सक्छन् । हङकङमा कर तिरेका कम्पनीले बर्सेनि रोजगारी सिर्जना गर्न मिल्छ । उनीहरूले आÇनो आयस्रोत र कर तिरेको आधारमा विदेशी कामदार तालिमका लागि ल्याउन सक्छन् ।’ उहाँले भन्नुभयो ‘ब्याचलर गरेको नेपालीलाई तालिम भिसामा हङकङ आउन मिल्नेछ । हङकङले नेपालीलाई दिएको यो नयाँ सुविधा पनि हो । तालिम भिसा लगाएर नेपालीलाई हङकङ आउन भने सजिलो भएको छ ।’
सन् २००५ मा घरेलु कामदारसँगै तालिममा आउने नेपालीका लागि पनि हङकङमा भिसा रोकिएको थियो । सन् २००५ मा हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपाली रोजगारीका लागि जाने गरेका थिए । तर, अहिले तालिम र विद्यार्थीको भिसा पनि खुलेको छ । फ्रेन्च र फिलिपिनोबाट तालिम भिसामा बर्सेनि ठूलो संख्यामा विदेशी कामदार आउने गरेका छन् । हङकङ पछिल्लो समय राम्रो रोजगार गन्तव्य र आधुनिक विकासको उच्च स्वरुपले गर्दा नेपालीका लागि रोजगार स्रोत देश पनि बन्न सक्ने बताइएको छ । हङकङ नेपालको नजिकैको रोजगार गन्तव्य देश पनि हो ।
हाल हङकङमा ब्रिटिस गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन् । भने, रोजगारी र अस्थायी बसोबास गरी व्यवसायी गर्दै आएका १५ हजार नेपाली हाल हङकङमा रहेको सरकारी अनुमान छ । सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि तिनै गोर्खा सैनिक परिवारसँग विवाह सम्बन्ध जोड्ने नेपाली मात्रै हङकङमा जान पाउने गरेका छन् । सन् २०११ देखि गोर्खा सैनिक परिवारसँग विवाह गरेर जानेमाथि पनि हङकङ सरकारले कडाइ गर्दै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच