![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
काठमाडौं । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको माग बढ्न थालेपछि पछिल्लो समय म्युजिक भिडियो निर्माण हुने क्रमले तीव्रता पाएसँगै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाउन सफल केशवराज भट्टको व्यस्तता बढ्न थालेको छ । आफ्नो कामलाई मुख्य प्राथमिकता दिने उहाँले कहिले सानो ठूलो काम भन्नुभएन र निरन्तर लागिरहेका कारण यो व्यस्तता बढेको हो ।
हालैमात्र उहाँले रसुवाको लाङटाङमा पहिलोपटक एकै चोटी सातवटा गीतको भिडियो छायांकन सक्नुभएको छ । सातवटा गीतको भिडियो छायांकन गर्न उहाँलाई दशदिन समय लागेको थियो । झण्डै ४२ हजार मिटर उचाइरहेको क्याञ्जिङ रिसम्म पुगेर ‘मेरो जीवन’, तिमी मेरो प्रित हौ’, ‘यस्तो मायाँ दिउला तिमीलाई’, ‘टाढा हुनु छैन’ लगायतका गीतको भिडियोको उहाँले निर्देशन गर्नुभएको हो ।
रसुवा जिल्लाको लाङटाङ क्षेत्रमा पहिलो पटक गीतको भिडियो छायांकन भएको भन्दै पूर्ववडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामालगायत त्यहाँका स्थानीय बासिन्दाले छायांकनले लाङटाङको प्रचार, प्रसारमा मद्दत पुग्ने र अझै पर्यटक भित्रिने भन्दै सुटिङ युनिटलाई फूलमाला र खादा ओढायर ससम्मान बिदाइ गरेको निर्देशक भट्टले बताउनुभयो । गीतका भिडियो छायांकन युनिटमा निर्देशक भट्टका साथमा कलाकार तथा गायक किरन भुजेल, सोफी धरेल, अश्विन मगर, गौरभ मगर, सुस्मिता लामा, छायांकार प्रकाश खड्का मेकअपम्यान कविन्द्र खड्कालगायत रहनु भएको थियो ।
कर्मप्रति इमानदार भट्ट मानवीय समवेदना भएका निर्देशक हुनुहुन्छ । लगानीकर्ताको भावना र कलाकार्मीको चाहनानुरूप आफ्नो काम निकाल्न सक्ने उहाँमा विशिष्ट खुबी छ । गीतको भिडियो निर्माणमा आवश्यक सबै विषयको प्राविधिक ज्ञान भएका उहाँले ‘एक कदम’, ‘बादलुको गाजल’, ‘वैमानी’, ‘राजाको भैंसी तीन थुने’लगायत पछिल्लो समयसम्म पाँच दर्जनको हाराहारीमा भिडियो निर्देशन गरिसक्नु भएको छ ।
निर्देशक भट्टको नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान रहेका कारण विभिन्न अवार्ड तथा सम्मान प्राप्त गर्न सफल हुनुभएको छ । केही समय पहिले सम्पन्न ‘छायांछवि तीज अवार्ड २०८०’बाट समेत उहाँ विभूषित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच