काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १६.५१ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा ११.८४, २०७५/०७६ मा २२.५ र २०७४/०७५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२०५३ सालमा स्थापना भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको हो । बैंकको चुक्ता पुँजी नौ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
विगत २४ वर्षदेखि लाभांश वितरण गर्दै आएको बैंकले हालसम्म्म न्यूनतम ११.८४ देखि अधिकतम् १४० प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच