पाल्पा । जिल्लाको तानसेन नगर भित्रको एक वडा जहाँ वर्षौंदेखि शुद्ध खानेपानीबाट बञ्चित छन् । तानसेन नगरपालिका साविकको वडा नंं १२ हालको वडा नंं ५ का बासिन्दा नगर भित्रै शुद्ध खानेपानी खानाबाट बञ्चित रहेका हुन् ।
यहाँका गाउँलेहरु अहिले शुद्ध खानेपानी घर –घरमा ल्याउन श्रमदानमार्फत कस्सिएका छन् । बत्ति मुनि अध्यारो भने झै तानसेन नगरपालिका –५ माथिल्लो धरमपानी, शिव पोखरी, सेतीपोखरी क्षेत्रका ७० घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट बञ्चित भएको अवस्थामा शुद्ध खानी पानीको लागि महिला, बृद्धबृद्धा समेत श्रमदानमा जुटेका हुन् ।
सिस्ने खानेपानी लिफ्ट आयोजनाबाट बञ्चित भएका यहाँका बासिन्दा कालीगण्डकी लिफ्ट खानेपानी योजनाको बतासे चिहानडाँडामा रहेको मुख्य टंकीबाट धमरपानी, शिवपोखरी सेतीपोखरीमा ३ इन्चको शाखा लाईन विस्तार गरी सहज रुपमा खानेपानी लैजान श्रमदानमा जुटेका छन् ।
यहाँका गाउँलेले हाल तानसेन नगरपालिकाको डम्पिङ्ग साईट मुनी बनदेवी सिंदुरे धारा क्षेत्रको पानी प्रयोग गर्दै आएका छन् । धरमपानी सेतीपोखरीवासीले पटक–पटक तानसेन नगरपालिका, तानसेन खानेपानी उपभोक्ता समितिलाई पटक–पटक कुरा राखे पनि सुनुवाई नुहँदा लामो समयसम्म शुद्ध खानेपानी नपाएको स्थानीय शान्ता सारुले बताउनुभयो । अहिले खानेपानी उपभोक्ता समितिबाट हाम्रो कुरा सुनुवाई भएको छ, त्यही अनुसार मुख्य ट्यांकीबाट पाईप विछ्याउन श्रमदानमा जुटेको सारुले बताउनुुभयो ।
अहिले तानसेन खानेपानी तदर्थ समितिबाट पाईप किन्न, बतासेडाँडासम्म विछ्याउनुस् भनेपछी पानी नपाएका उपभोक्ताहरु एक–एक घरका एक जना श्रमदानमा जुटेको स्थानीय शालिकराम रावलले बताउनुभयो । यस क्षेत्रका जनता शुद्ध खानेपानीबाट बञ्चित हुँदै आएका थिए, यस अघिको समिति, तानसेन नगरपालिकासँग कुरा राखे पनि सुनुवाई भएको थिएन अब पानी खान पाइन्छ की भन्ने आशाले जनताहरु श्रमदानमा जुटेको रावलले बताउनुभयो ।
अहिले तदर्थ समितिले नगर भित्र कुन–कुन क्षेत्रमा खानेपानीको सुविधा पुगेको छ कि छैन भनेर अध्ययन अवलोकन गर्दै आएकोमा साविकको १२ नंं वडामा खानेपानी सुविधा नपुगेको देखेपछि बैठक बसेर शाखा लाईन विस्तार गरी एक घर एक धारा वितरण गर्ने निर्णय गरी काम शुरु गरेको समितिका सदस्य महेन्द्र बहादुर खातीले बताउनुुभयो ।
नयाँ समिति आएको करिव ३ महिनामा २ सय ५० निजी धारा वितरण गरिएको, अबको केही समयमा वडा नंं ५ मा ७० वटा धारा वितरणको लागि काम शुरु हुने समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो । तानसेनमा घरबस्ती बढाउने अभियानका साथ जग्गाधनीले नक्सा पास गर्ने वित्तिकै नयाँधारा जोडिने गरी नियम बनाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
नक्सा पास ल्याउनुस् अर्काे दिनमै धारा जोड्नु यो अभियानामा समिति लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच