नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तार कार्यमा ढिला सुस्ती भएको भन्दै स्थानीयले सडकखण्डका विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।
सडक विस्तारको काम सुस्त गतिमा भएको भन्दै राजमार्ग अन्तर्गतका भलुहि, घोडाहा, खैरेनी,सुनवल, बडेरा, भुमही, बासा, भुताहा, बर्दघाट, दाउन्ने, दुम्किबास, अरुणखोला, चोरमारा, डण्डा, कावासोती, प्रगतिनगर, दलदले, दुम्कौली, रजहर, अमरापुरी, गैंडाकोटमा स्थानीयले आज मंगलवार विहान ११ बजे १५ मिनेट चक्काजाम गरि विरोध प्रदर्शन गरिएको छ ।
सडक विस्तार कार्य सुस्त गतिमा हुँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको तथा धुलोका कारण व्यापार व्यवसायमा समेत गिरावट आएको स्थानीय व्यवसायी सिता शर्माले बताउनुभयो ।
यस्तै निर्माण व्यवसायीको लापरबाहीले सवारी साधन समेत छिटो बिग्रने गर्दा खर्च भार पर्नुका साथै दुर्घटनाको जोखिम बढेकाले विरोध गर्न बाध्य भएको स्थानीय तुल्सिराम अर्यालले बताउनुभयो ।
२०७६ सालमा सडक विस्तारको सम्झौता भइ म्याद सकिएको र पुनः म्याद थपिएर सकिने बेला सम्म समेत सडक विस्तारको काम सुस्त गतिमा भएको भन्दै स्थानीय साङ्केतिक रुपमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। सर्वसाधारणले सास्ती खेप्नुपर्दा सरकारले नागरीकहरु प्रतिको कर्तव्य विर्सेर जे गरे पनि हुन्छ भन्ने सामन्ती व्यवहार देखाएको आरोप उनिहरुले लगाएका छन् । साथै सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा जाने समेत बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच