✍️ तिलकप्रसाद लुइँटेल
गत असोज २४ गतेको अंकबाट क्रमश :
पाठकहरू हामी कालपात्रको मझेरी कटेर घरको भित्रीभागसम्म विचरण गर्दै छौं । अशिक्षाले मानिसलाई पशुवत् राख्न, शिक्षाले उज्यालोतिर लैजान्छ तर कुशिक्षाले उसलाई मात्रै होइन, उसकै कारणले समाज र देशलाई डुबाउँछ भन्ने आशयले उपन्यास शिक्षातिर चियाउन पुगेको छ । पार्टी अब शिक्षा क्षेत्रमा प्रवेश गर्दै, ‘सबै स्थानमा बोर्डिङ सभ्यता विकास गरी राष्ट्रमा आधुनिक शिक्षाको मागलाई कुनै पनि हालतमा पूजा गर्नुपर्छ । (पृ.११३)’ अगाडि बढेको छ । शब्द र वाक्यगठन अलिक फरक भए पनि आजका शिक्षाको र राजनीतिको तालमेल यहाँ राम्ररी देखिन्छ । राजनीतिका नेताहरू भनेका शिक्षक र अभिभावकका अगुवा हुन् ।
अभिभावकले हेरेका टेलिभिजन कार्यक्रम घरमा बालक विद्यार्थीले फुर्सदको समयमा हेरेकै हुन्छन् । ‘राजनीतिक सचेत’ अभिभावकहरू टिभीमा आफ्ना नेताको भाषण सुन्दै हुन्छन् र विद्यार्थीले पनि त्यही सुन्छ । नेताहरूका भाषणमा अर्को पार्टीलाई ‘कन्तबिजोक बनाउने, पत्ता साफ गराउने, घुलो चटाउने, माटामा मिलाउने’ जस्ता कुरा गर्दै हुन्छन् । विद्यार्थीको पाठ्यक्रमका किताब लेख्ता अति सावधान भएर झैझगडा, कुटामारी, काटाकाट, भ्रष्टाचार, गालीगलौज लेख्नु हुँदैन भनेर लेखकहरूले सचेत हुनुपर्छ । पाठ्यक्रमको आधिकारिक संस्थाबाट पनि उसै अनुसारको निर्देशन हुन्छ । तर आफ्नै अभिभावकले हेर्दै गरेको र ती अभिभावकका अभिभावकले बोल्दै गरेको कुरो सुनेपछि ती बालक विद्यार्थीहरू रनभुल्ल नपरेर के गरुन् ? यसरी उनीहरूलाई अग्रजले राम्रो कुरा नसिकाएको कुरालाई कसले रोक्ने ?
युवाले विदेश जान्छु भनी निवेदन हाल्दा पनि दस्तुरका नाममा नेताले भाग पाउने, चार पैसा कमाएर पठाउँदा पनि ट्याक्सका नाममा भाग पाइने । त्यसभन्दा गतिलो कुरो त युवा विदेश गएपछि खाने लाउने वस्तु किनेर ल्याउनुपर्ने भयो त्यसमै ठूलो मुठो कुम्ल्याउन पाइने ।
सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद हो र त्यसको रचना यसै मुलुकमा भयो भन्ने कुरो प्रमाणित भइसकेको छ । राज्यव्यवस्था र सामाजिक, शैक्षिक व्यवस्था नभईकन त्यस्तो युगौंसम्म जीवन्त रहने ग्रन्थ लेख्न सम्भव हुँदैन । अन्य कुरो त्यसमै पढेर हेर्न सकिन्छ । आजका पार्टीका गोत्रप्रवर्तक ऋषिहरू नजन्मँदै यहाँ पाको राजनीति भएको प्रमाण यही हो । त्यसैले प्राचीन समयमा राज्य थियो र राजनीति पनि थियो । फलस्वरूप जसको शिक्षा ल्याएर पढाइयो, उही देश राम्रो लाग्ने भयो । उसले शिक्षा वा पाठ्यक्रम त महँगोमा बेच्यो बेच्यो अझ शिक्षित र सस्ता ज्यामी पनि पायो ।
यसैबाट वैदेशिक रोजगारीमा जानेको ताँती लाग्यो । उपन्यासमा ‘विदेशमा रोजगारीका लागि अनेक बाटा छन् । श्रम बजारमा पार्टीका युवालाई पठाउन सके उनीहरूका परिवारमा आफ्नो प्रभाव पर्ने थियो । सजिलो छ वैदेशिक रोजगारीको विषय । (पृ.१२६)’ भन्ने देखाइयो । सुरुमा युवा विदेश पठाउँदा उनीहरूले कमाइ गरी खालान् भन्नेमात्रै हुनुपर्छ । पछि नेताहरूलाई यसबाट धेरै ठूलो ज्ञान फुरेको अनुभव गर्न सकिन्छ । युवाले विदेश जान्छु भनी निवेदन हाल्दा पनि दस्तुरका नाममा नेताले भाग पाउने, चार पैसा कमाएर पठाउँदा पनि ट्याक्सका नाममा भाग पाइने । त्यसभन्दा गतिलो कुरो त युवा विदेश गएपछि खाने लाउने वस्तु किनेर ल्याउनुपर्ने भयो त्यसमै ठूलो मुठो कुम्ल्याउन पाइने । अन्तमा बल र बुद्धि विदेश पुगिसके, अब जति भाँडभैलो मच्चाए पनि औंलो ठड्याउने कोही छैन । वैदेशिक रोजगारीलाई रोकेर आफ्नै खुट्टामा बञ्चरो हान्न कुन पार्टीको बुद्धिमान नेता तयार होला त ? यसरी आफूलाई जसले जति पुरानो पार्टी मान्छ देश बिगार्ने उति धेरै उसैबाट भयो । आफूलाई जसले जति ठूलो मान्छ उति धेरै उसैले देश डुबाएको हो । स्वदेशमा प्रायः सबै क्षेत्रका आधिकारिक निकाय भ्रष्ट हुनुको तात्पर्य यहाँको राजनीतिमा अग्रसर व्यक्तिको सोच भ्रष्ट भएर नै हो । स्वदेशमा रोजगारी र कामको अवसर उत्पन्न नगरी जीविका खोज्दै विदेश जान बाध्य हुनु पनि राजनीतिक भ्रष्टाचारी नै हो ।
शिक्षाका लागि विदेश जानुपर्ने बाध्यता सिर्जना हुनुका फेदमा पनि राजनीतिकै कमजोरी हो । किनभने राजनीति देशको आधार हो, नीतिहरूको राजा हो । राजनीति सप्रियो भने जुनसुकै तन्त्र, वाद, प्रणाली जे भए पनि मुलुक उक्सिन्छ, राजनीति भ्रष्ट भएपछि के हुन्छ भन्ने त कुरो गर्नै परेन । धर्म, संस्कार, संस्कृति, जनआस्थाका मूलमा उहिले पनि राजनीति र आज राजनीतिकै भरोसा छ । त्यसो थिएन भने बलिया राज्यहरूले निर्धा राज्यमा धर्म, संस्कार, आस्था परिवर्तन गर्ने लहर चलाएर पैसा किन खर्च गर्थे होला र ? प्राचीन संस्कारप्रति चासो भएका नेपाली जनताको मनोभाव आज सबै कुरामा पुर्खा र पुख्र्यौली देनलाई सम्झने रहेको छ, धर्मसंस्कृति बिग्रिएला कि भन्ने चासो रहेकै छ । त्यति हुँदाहुँदै देशका उच्च सुपठित, ओहोदामा रहेका मानिसहरूदेखि लिएर सर्वसाधारण जनतासम्म सबैले नै राजनीति भनेर चलनचल्तीका तन्त्र, वाद आदि नै हुन् अरू केही होइन भनेझैँ गरेर बुझ्नु किन हो र पुर्खा र यहाँ प्राचीन कालदेखि रहेको राजनीति किन बिर्सनु ? आजको राजनीति कुहिएको छ भन्ने थाहा छ र आयातीत हो भन्ने थाहा छ । तर त्यति हुँदाहुँदै विदेशी राजनीतिको मोह किन रहेको होला ?
हाम्रै पुराना ग्रन्थबाट खोज्दा राजनीति खोज्दा नपाइने होला र ? यी तन्त्र र वाद जन्मिएको देश पत्ता नलाग्दै र यिनका गोत्रप्रवर्तकहरू पनि नजन्मिँदै यहाँ भएको राजनीति खोज्न सकिन्न र ? अहिलेका राजनीति भनेका अर्काका जमिनमा फेद भएको रुख र हाँगा फैलिएर हाम्रा सीमाभित्र आएको जस्तै हुन् । यिनलाई सच्याउन खोज्दा फेदमा केही गर्न सकिन्न खाली कुहिएका हाँगा र पहेँलिएका पात टिपेर सन्तोष गर्नु जस्तै हो, यसरी जरामा लागेको किरो मासिँदैन । त्यसैले धेरैजसो ठूलाबडाको विदेशयात्रा भनेको सत्ता र ओहोदाका आडमा भ्रष्टाचार गरी आफू मोटाउन खोज्ने नै हो ।
विदेशयात्राकै प्रसंगमा हेर्दा पहिले स्थापना भएका उद्योगहरूलाई बाहिरबाट आएका उत्पादनले विस्थापित गरे । पहिलो कुरो त विदेशतिरबाट आउने वस्तु सस्तो र राम्रो भेटियो । ठूलाबडाले धाक लगाउँदै विदेशी वस्तु प्रयोग गरेर समाजमा प्रदर्शन गर्दा सर्वसाधारणमा त्यसको प्रभाव प¥यो । त्यसको नतिजा स्वरूप यहाँका उद्योगहरू मासिए । आजभन्दा तीन दशक अघि नै चाणक्यले देशलाई मास्नेहरूले जनतालाई कुलतमा फसाउँछन् भन्ने लेखेको अर्थ यहाँ लाग्छ । उनले युवालाई कुलतमा लगाउनु भन्नुको तात्पर्य यो हो । कुलत वा व्यसन भनेको गाँजा चरसमात्रै होइन रहेछ भन्ने यस युगमा आएर खुल्दै छ । विदेशयात्रा पनि कुलत नै हो, ‘उद्योग बन्द भएर रोजगारी छिनिएका, बेरोजगारीले पिल्सिएकाहरू खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका छन् । (पृ.१३२)’ यसरी विदेश पलायन हुनु पहिले सत्तामा बसेर देश हाँक्नेको बुद्धि नपुगेर थियो भने पछि विविध प्रकारले फाइदा हुँदै जाँदा दुर्बुद्धि फुरेर देशमा अवसर बन्न नै दिएका छैनन् । पहुँचका आडमा देशमा देशभि र विदेशसम्म तस्करी मौलाउँछ भन्ने कुरालाई श्रीमद्भागवत महापुराणमा अक्रूरले शतधन्वालाई खटाएर स्यमन्तक मणि लुकाएको घटना पाइन्छ । त्यस्ता कथाहरू केवल सुनेर मनोरञ्जन गर्नेमात्रै होइनन्, मननयोग्य छन् ।
समाजभित्र विविध मान्यताले मानिस मानिसका बीच सानोठूलोको भावना बसेको छ । अझ आपूmलाई जिताउने दाउपेचमा नेताले यी भावनालाई चैते खडेरीको डढेलोमा पश्चिमे हावाले हम्किएझैँ मानिसलाई उरालेका हुन्छन् । कैयौं समाजले प्रत्यक्ष नदेखिकन छर्लंग देखिएका कुराहरू यसभित्र अटाउँछन् ।
योग्यता भएका समर्थ व्यक्ति पाखा लगाइए र आफ्ना लठैत जहाँ नियुक्ति गरिए त्यहाँ राज्यको सम्मान र सम्पत्ति सत्यनाश भयो । शिक्षा क्षेत्रको उच्च तहदेखि सानातिना ठाउँमा समेत यसै भएको धेरैतिर देखिएकै छ । कामकुरो एकातिर कुम्लो बोकी ब्याँसीतिर भन्ने जस्तो यस क्षेत्रमा पनि भ्रष्ट नेताहरूको प्रभाव नपरी छोडेको छैन भन्दै, ‘असल शिक्षक प्राध्यापकहरू सदा यस्ता प्रवृत्तिविरुद्ध देखिए पनि विद्रोह गर्ने आँट तिनीहरूमा छैन । असल शिक्षक प्राध्यापकहरू निष्ठापूर्वक आफ्नो कर्तव्य पूरा गरिरहेको भेटिन्छ । (पृ.१४५)’ बताइएको छ । असल थोरै छन्, संस्था धानेका छन् ।
राजनीतिको गन्धलेपन भएका धेरै छन् र अत्यधिक हड्ताल, तालाबन्दी, धर्ना र आन्दोलन यसै क्षेत्रमा हुन्छन् । अझ कतिपय ठाउँमा त विद्यार्थीको संख्याभन्दा शिक्षक प्राध्यापक धेरै छन् विधि कायम गर्न बनाइएका नियमहरू सोझै उल्लंघन हुन्छन् । आधुनिक मेसिनमा हाजिरी गर्ने व्यवस्था गर्न खोज्दा सम्बन्धित क्षेत्रका शिक्षक प्राध्यापकले मेसिन नै खल्तीमा हालेर घर लैजाने र त्यहीँ हाजिरी गर्ने भनेको जस्तो घटना पनि कतै सुनिएको थियो । विधिभन्दा नेता प्रिय भएको उदाहरण यही हो । कालपात्रको चटक यसरी हेर्दै आउँदा अङ्क १९ पछि २० आउनुपर्ने थियो, त्यहाँ एक आएको छ । यसको अर्थ उपन्यासकारले सुरुमा यसलाई लेखेर पछि कथानकलाई कौतूहल प्रदान गर्ने क्रममा यहाँ आइपुग्यो तर अंक सच्याउन भुलियो जस्तो लाग्छ । जसो भएपछि कथानक आफ्नो गतिमा पाठकलाई डोहो¥याउँदै आएकै छ र यसै क्रममा प्राचीन साहित्यले श्लेष अलंकार भनी देखाएको शैलीमा, ‘विभेद शक्तिशाली छ पार्टीमा । उससँग धेरै युवायुवती आकर्षित छन् ।
विभिन्न काम र सहयोग माग्न तिनीहरू आइरहने गर्छन् । विभेदले यीमध्ये आफ्नो खास साथी बनाएको छ विपालाई । (पृ.१४९)’ भन्दै एकातिर कालपात्रका चरित्रको नाम देखिन्छ भने अर्कातिर कालपात्रका प्रवृत्ति देखिन्छन् । यहीँनेर नेताको आपूmले रजाइँ गर्ने नीति नै ‘राजनीति’ भन्ने परिभाषा खुल्छ भने जीवनभरि अरूलाई नै सुधार्ने काममा व्यस्त रहँदा आफ्नो चरित्र सुधार्न नसक्ने जो हो, त्यही ‘नेता’ हो भन्ने परिभाषा पनि खुलेर आउँछ । वास्तवमा उनीहरूलाई बिग्रिएको देखिने रहर छैन, त्यसैले त जति बिगारका काम गरे पनि लुकीछिपी नै गर्न खोज्छन् तर के गर्नु ? परिवेश नै बिग्रिएपछि कतिपयले छोपेको डोको उघ्रिन्छ तर त्यति हुँदा कसैको ‘बाल बाँका’ भएको छैन ।
कालपात्रको अर्को कोठामा पुग्दा संख्या एकपछि फेरि ११ आयो । यहाँ कि त अंक १२ कि २१ को अपेक्षा थियो सो नभएर दुईटैमा नमिल्ने आयो । जे होस्, हामीलाई कोठाको अंक हेर्नुभन्दा भित्रको खजाना नै काम लाग्दो हुन्छ । सास छउन्जेल आश हुन्छ । त्यसैले मानिस सुन्दर संसारमा जति दुःख पाए संघर्ष गरेर नै बाँच्ने गर्छ । संस्था वा राजनीतिक दलको कुरो उस्तै हो । जगमा हालेको ढुङ्गाले घरलाई बलियो बनाउन र अड्याउन भूमिका खेल्छ । घरमा आउने मान्छेले जग नहेरेर गजुरतिर हेर्दै प्रशंसा गर्छन् । चलनचल्तीका पार्टीहरू त्यही घरजस्तै रहेछन् ‘पात्रले आगन्तुकतिर पुलुक्क हेर्यो । चिनजानको कोही लागेन । चिनेको भए उसले बिर्सिसकेको थियो । (पृ.१५५)’ पार्टीमा भएका कथित राजनीतिक विधिलाई मौरीको घारसँग मिलाएर हेर्न सकिने भयो । मानिसले बनाइदिएको सजिलो घार र वरिपरि रोपेका पूmलबारीमा मौरी रमाउँदै हुन्छ र हौसिएर मह जम्मा पार्छ । उसै मानिसले घरको मह लुटिदिएपछि फेरि अर्को पटक खान पाइन्छ कि भन्ने आशामा त्यही मौरीले फेरि त्यहीँ मह जम्मा पार्न जुटेको देखिन्छ । मानिसले भए प्रतिशोधको राँको बाल्ने थियो होला ।
राजनीतिक पार्टीमा यस्तै मौरी पनि पाइन्छन् । महको लुटान गर्नेहरूका खुनी नंग्रा कहिले छिमेकीसँग सीमा विवाद, कहिले फोहोरका डङ्गुर उठाउनमा रोक, हजारौंको हत्याकाण्ड, कहिले सुनमा घुन लगाउने, कहिले स्वदेशी विदेशी, शरणार्थी, कहिले जग्गाको कुरो गाईमारा र भाइमाराको, धर्म र आस्थाको, आत्महत्याको र बलात्कारको बखेडा निएकालेर माहुरीलाई कहिले यता र कहिले उता बनाउँदै लुट मच्चाइरहेको देखिएकै छ । यसरी नै एक राजनीतिक युग परिवर्तन हुँदै आजको मोडमा आइपुगेछ होला । कालपात्रका कोठा अर्थात् अंक २२ मा आएपछि अघिल्ला ठाउँमा नमिलेका सङ्ख्या मिलेर यहाँ २२ आयो । संख्याका दृष्टिले जे जसो हुँदै गरे पनि कालपात्र समाजको विषय हो । समाजभित्र विविध मान्यताले मानिस मानिसका बीच सानोठूलोको भावना बसेको छ । अझ आपूmलाई जिताउने दाउपेचमा नेताले यी भावनालाई चैते खडेरीको डढेलोमा पश्चिमे हावाले हम्किएझैँ मानिसलाई उरालेका हुन्छन् । कैयौं समाजले प्रत्यक्ष नदेखिकन छर्लंग देखिएका कुराहरू यसभित्र अटाउँछन् ।
यसै सन्दर्भमा यौन हिंसा र अपराध अति बलियो हुन्छ । कुनै कुनैका सवालमा भागबन्डा मिलुन्जेल ठिकै हुन्छ र हिसाब किताब नमिलेपछि उरालिन्छन् । कुनैमा त्यसको उल्टो, ‘छोरीको जिरह देखेका बाबुले केही आफन्तसँग मिलेर केटालाई धरापमा पार्ने योजना बनेपछि केही दिन पहिले केटी लिन आएको केटालाई उसका साथीहरू सहित कुटीकुटी मारिएछ । (पृ.१६१)’ मन मिलेको बेलासम्म सबै कुरो ठीक, मन नमिलेका दिन सबै कुरोविपरीत बताइने यस सन्दर्भमा शास्त्रलाई र धर्मलाई दोसेको देखिन्छ सुनिन्छ । जब आफूले गल्ती गरेको महसुस हुन्छ अनि यस्ता कुरा निस्कन्छन् ।
यस उपन्यासमा पहिले नलेखेका कुरा पछिल्लो समयमा उसरी प्रतिफलित होलान् भन्ने लागेर लेखेका होलान् वा नहोलान् तर लेखनको सिलसिला र समयको प्रक्षेपण एक युगद्रष्टा दार्शनिकले गरेको भविष्यचिन्तन जस्तै मिल्दो गरी आएको देखिन्छ । संसारका धेरै थरी राजनीतिक सिद्धान्त प्रयोग गर्ने प्रयोगशाला नेपाललाई बनाइयो र नयाँ उदाएका तन्त्र र वाद असफल भए, त्यसको परिणाम जनताका छोराछोरी विदेशिए र विदेशीको हैकमले नेपालमा राज ग¥यो । हामीले आफ्ना पुर्खाको विश्वास गरेका दिन आगन्तुक राजनीतिले भुल्याएको बुझ्छौं । यो सैद्धान्तिक समीक्षा होइन, त्यसैले पढ्दै जाँदा जहाँ जस्तो कुरो भेटियो त्यसलाई त्यहीँ टिपोट गरियो । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच