हिटाकर्मी रावतलाई दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान

हिमालय टाइम्स
Read Time = 4 mins

जुम्ला । स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार तथा हिमालय टाईम्स जुम्ला संवाददाता विजय रावतलाई प्रदान गरिएको छ ।

कात्तिक १३ गते बसेको स्वःदीपबहादुर स्मृति छनोट समितिको बैठकले यस वर्षको पुरस्कार बुधबार एक कार्यक्रमका बीच पत्रकार रावतलाई प्रदान गरिएको हो । जुम्लाको तिला गाउँपालिका-१ रारामा जन्मेका पत्रकार रावत विकट कर्णालीको जुम्लामा रही सक्रिय पत्रकारिता गर्दै आएका छन । पत्रकार रावतले विस २०७५ सालबाट जुम्लाको पहिलो दैनिक पत्रिका कर्णाली सरोकार दैनिक हुदै राष्ट्रिय समाचार समिति (रासस) र हिमालय टाईम्समा कार्यरत छन् । पत्रकार रावत नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य र प्रेस सेन्टर जुम्लाका अध्यक्ष समेत हुन् ।

जुम्ला जिल्लामै पहिलोपटक निजी स्तरबाट वितरण सुरू गरिएको पुरस्कारको राशी १० हजार रहको छ । पत्रकार रावत यसैवर्ष प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए । हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अघिल्लो वर्ष पत्रकार सागर परियारलाई प्रदान गएको थियो ।

स्वःदीपबहादुर स्मृति प्रतिष्ठान, जुम्लाले हरेक वर्ष जुम्ला र बाँके जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका सक्रिय पत्रकारलाई पाँच हजार र १० हजार राशीको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका सचिव बरमराज कामीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले यो कार्यले पत्रकारलाइ थप लेखन क्षेत्रमा उर्जा दिएको र ऐन कानुन भित्ररहि निति नियमलाई पालन गरि गाउँपालिकाबाट आवश्यक आर्थिक तथा अन्य स्रोत साधनको प्रतिष्ठानलाई सहयोग गरिने गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

पत्रकार महासंघ शाखा जुम्ला अध्यक्ष नेत्रबहादुर शाहीले पत्रकारलाई हौसला दिने काम गर्नु भएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको जानकारी दिनुभयो । स्रोतलाई सही सुचना दिन पत्रकारको धर्म रहेको वडाध्यक्ष विशाल खड्काको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?