काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पु-याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताउनुभएको छ ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्नुले झनै चुनौति थपिएको बताउनु भयो । उहाँले काठमाडौं आफैँमा क्रिएटिभ शहर भएको बताउनु भयो । उहाँले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक शहर भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिजोमात्रै रिजल्ट आउट भएको छ, काठमाडौं युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा एउटा सिटी छानिएको छ । ५५ वटा नयाँ सिटी छानिएको थियो । काठमाडौं आफैँमा क्रिएटिभ सिटिज हो । यो एउटा मात्रै सेक्टर भनेर भन्न सक्दैनौँ, खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्र हेर्दा सबै कुरामा क्रिएटिभ छ । ऐतिहासिक रुपमा नै । काठमाडौंको कला, डिजाइन, फिल्म सब सम्पदाहरु सबैलाई विश्वमा देखाउन फिल्म नै एउटा माध्यम हो भन्ने लागेपछि यो विधा छानेका थियौँ । यो हाम्रो लागि एउटा अवसर पनि हो ।’
उपप्रमुख डंगोलले काठमाडौंको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच