आइसीसी टि २०ः नेपाल र ओमानबिच समुह एको अन्तिम खेल हुदैँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?