नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ स्थित जितपुरमा ६ सय सिट क्षमता भएको सुविधासम्पन्न फुटबल स्टेडियम निर्माण हुने भएको छ । नवलपरासीको रामग्राममा पाँच करोड १० लाख २६ हजार २१२ रुपैयाँको ६ सय सिट रहने गरी ठेक्का सम्झौता भएको नगरप्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार फुटबल स्टेडियमको कुल अनुमानित ६ करोड नौ लाख ७५ हजार ४८९ रुपैयाँ लागत रहेको छ । ब्रहृमायणी विरूपाक्ष विज्ञान जे भी झापाले २०८० असार ७ गते ठेक्का सम्झौता गरी आउँदो वर्ष भदौ मसान्तसम्म सम्पन्न हुने गरी सम्झौता भएको ४ नं.का अध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।
स्टेडियममा व्यापारिक सटर, चेन्जिङ रुमको सुविधासहित अपांगमैत्री बन्नेछ । शिलान्यास कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, वडा नं. ७, १०, ११, १४, १५ का वडाध्यक्ष र ४ नं. का वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच